अनिल नेपाली
१५ भदौ, अर्घाखाँची–अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नं ३ मा तिज मिलन तथा दर खाने कार्यक्रम आज सम्पन्न भएको छ। भुमिकास्थान नगरपालिका नगर उपप्रमुख बालकृष्ण बन्जाडेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै उपप्रमुख बन्जाडेले चाडपर्वको नाममा हुने कुसंस्कार कुसँस्कृतिलाई अन्त्य गरेर समातामुलक समाज निर्माणको लागि चाडपर्व ले विशेष भुमिका खेल्ने बताउदै गलत अभ्यास तर्फ केन्द्रीत नभई असल संस्कारको विकास गनुपर्ने बताएका थिए
कार्यक्रममा भुमिकास्थानका प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपाली कार्यापालिका सदस्य ठाकुर सौराग समाजसेवी सागर केसि लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै सभ्य असल समाज आजको प्रमुख आबश्यकता भएको बताएका थिए ।
कार्यक्रम भुमिकास्थान नगरपालिका वडा न ३ का अध्यक्ष कृष्ण प्रसाद बन्जाडेको अध्यक्षता सदस्य हुम ब सुनारको सञ्चालन कार्यापालिका सदस्य बिष्णु बिकको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा कम्प्युटर अपरेटर शेषकान्त घिमिरे ओसन रोजगार अधिकृत पुष्कर मिश्र लगायत स्थानीय महिला समूह आमा समूह स्वयमसेविका समाजसेवी बुद्धिजीवी लगायतको सहभागिता थियो ।