बिपन्न बर्गको कार्ड नहुदा भत्ता बाट बन्चित भयौ- अन्जु थापा

अनिल खत्री

असार २८, गुल्मी

गुल्मीको मदाने गाउँपालिका वडा नम्बर , अग्लुङका मिर्गौला पीडित मोहन थापाले सरकारले तोकेको मासिक भत्ता पाउन सकेका छैनन् विगत केही वर्षदेखि मिर्गौला फेल भएर गुल्मी अस्पताल, तम्घासमा नियमित डायलाइसिस गराइरहेका थापालाई स्थानीय सरकारले विभिन्न कानुनी दाउपेच देखाएर भत्ताबाट वञ्चित गरेको हो ।

पीडित थापाले भत्ताका लागि पटकपटक वडा कार्यालय गाउँपालिकामा अनुरोध गर्दा पालिका वडाका प्रतिनिधिहरूलेयसका लागि विपन्न वर्ग हुनुपर्छ, वर्ग छुट्याउनुपर्छ, त्यही भएर नपाएको हुन सक्छभन्ने गैरजिम्मेवार जवाफ दिँदै पन्छाउने गरेका छन्

पीडित मोहन थापाको पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर (निम्न वर्ग) छ । रोगका कारण घरको मुख्य कमाउने व्यक्ति नै अस्पतालको शैयामा परेपछि परिवार ऋणको दलदलमा फसिसकेको छ । हप्तामा दुई पटक अनिवार्य डायलाइसिस गर्नुपर्ने भएकाले गाउँ(अग्लुङ) बाट नियमित अस्पताल आउजाउ गर्न सम्भव नभएपछि थापा परिवार अहिले तम्घास  बजारमै कोठा भाडामा लिएर बस्न बाध्य छन ।

पीडित मोहन थापाकी छोरी अन्जु थापाले आफ्नो पीडा पोख्दै भनिन्: हप्तामा दुई पटक डायलाइसिस गर्नैपर्छ । गाउँबाट घरजान आउन सम्भव नभएर बजारमै कोठा लिएर बसेका छौँ । बजारमा खानबस्न कोठा भाडा तिर्नै गाह्रो भइसक्यो । कहिले महँगो सुई लगाउनुपर्छ कहिले थप औषधिहरू किन्नुपर्छ, खर्चको सीमा नै छैन । यस्तो अवस्थामा सरकारले तोकेको महिनाको हजार रुपैयाँ मात्रै पाइदिए पनि हामीलाई धेरै ठूलो राहत हुन्थ्यो । तर पालिकाले वर्गको कुरा गरेर अल्झाइरहेको छ ।गाउँमा चन्दा उठाएर बुबाको उपचार गरि ज्यान बचाउन सफल भएको हो हामिले पटक पटक वडा कार्यालय पुगेर गरेको अनुरोध खेर गएको थापाले बताईन बिपन्न सम्पन्न बर्गको कार्ड कहाँ बाट पाउने हो कसले दिने समेत प्रस्न गरेकी छिन

कार्यविधि मिचेर पालिकाको आफ्नै नियम !

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यविधि अनुसार मिर्गौला फेल भई डायलाइसिस गराइरहेका वा मिर्गौला प्रत्यारोपण गरेका देशका हरेक नागरिकले बिना कुनै भेदभाव औषधि उपचार खर्च बापत मासिक हजार रुपैयाँ भत्ता पाउने स्पष्ट व्यवस्था छ। यसमा स्थानीय तहले धनीगरिब वा वर्ग भनेर वर्गीकरण गर्ने भत्ता रोक्ने कुनै कानुनी प्रावधान छैन । तर, मदा नेगाउँपालिकाले भने सरकारको नियमलाई लत्याउँदै आफ्नै मनपरी नियम थोपरेर बिरामीलाई सास्ती दिइरहेको छ।

अग्लुङमा अर्का बिरामी थपिँदा झन् त्रास

मदाने, अग्लुङमै अहिले अर्कि  पुष्पा बि पनि मिर्गौला पीडित बिरामी  थपिएकि छिन । वर्षौँदेखि अस्पतालको शय्यामा मृत्युसँग लडिरहेका पुराना बिरामी मोहन थापाले पालिका वडाको बेवास्ताका कारण भत्ता पाउन सकेका छैनन् भने, भर्खरै थपिएका नयाँ बिरामीले न्याय पाउनेमा स्थानीयबासीले आशंका व्यक्त गरेका छन् । मदाने गाउँपालिकाका स्वास्थ्य प्रमुख सङ्ग बुझ्दा बिपन्न बर्गको कार्ड नहुदा नपाएको जबाफ दिएका छन

नागरिकको बाँच्न पाउने अधिकार स्वास्थ्य सम्बन्धी मौलिक हकको धज्जी उडाउँदै मदाने गाउँपालिका वडा कार्यालयले देखाएको योसंवेदनहीन रवैयाप्रति स्थानीयबासी आक्रोशित बनेका छन्। आर्थिक रूपमा थला परेका मोहन थापा जस्ता वास्तविक पीडितलाई तत्काल राज्यले तोकेको भत्ता उपलब्ध गराउन वर्गको बहानाबाजी तत्काल बन्द गर्न सरोकारवालाहरूले जोडदार माग गरेका छन्।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?