गुल्मीको पश्चिम क्षेत्र तिन दिन देखि बिधुत बिहिन भएको छ । यही भाद्र १० गते देखि गएको लाइन आजसम्म सुचारु हुन नसक्दा पश्चिम क्षेत्रका ४ वटा गाउँपालिकाका नागरिक अध्यारोमा बस्न बाध्य छन ।
तिन दिन देखि लाइन जाँदा अँध्यारोमा बस्न बाध्य छौँ मदाने ७ का स्थानीय व्यावशायी जीवन चन्दले भने । त्यस्तै उनले गाउँका अधिकांसका मुवाइल स्विच अफ भएको र आफ्नो पनि अफ हुन लागेको गुनासो गरे । अहिले पश्चिम क्षेत्रका अधिकांस जनताको मुवाइल स्विच अफ भएको र जनताहरु अध्यारोमा कष्टकर तरिकाले बस्न बाध्य भएको बताइएको छ ।
यो समस्या किन आयो र कहिलेसम्म समाधान हुन्छ भनेर जिल्ला स्थित विधुत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुखलाई बुझ्न खोज्दा उनको फोन स्विच अफ रहेको र यसै बिधुत प्रभावित क्षेत्रको हाल बिधुत रेखदेखको जिम्मा लिएका विशाल जिसिले १० गते देखि लाइन गएको र यसको समाधको निम्ति हिजो दिनभर प्रयत्न गर्दा पनि समाधान नभएकोले अहिले तम्घास जान लागेको बताए ।
यो भन्दा पहिले पनि पटकपटक लाइन जाने समस्या बाट हैरान यो क्षेत्रका जनताले यसको दीर्घकालीन समाधान कहिले पाउलान ? यसको दीर्घकालीन समाधानमा बिधुत प्राधिकरण सहित सम्बन्धि निकायले कहिले अग्रसरतामा देखाउला ?

