जापानमा केसी कम्पनीको एकैदिन तीन शाखा सञ्चालनमा आउने

सुमन ज्ञवाली (जापान संवाददाता)

जापान, सामाजिक सेवासँगै लामो समयदेखि व्यवसायमा सक्रिय रहँदै आएका व्यवसायी ज्योति केसीले आगामी अगस्ट ३० मा आफ्नो तथा छोरीको जन्मदिनको अवसर पारेर के.सि. कम्पनी प्राइभेट अन्तर्गत एकै दिनतीन वटा नयाँ शाखा सञ्चालनमा ल्याउने भएका छन

गुल्मीको मदाने गाउँपालिका वडा नं टिम्मुरखर्कमा जन्मिएर लामो समयदेखि जापानमा रेष्टुरेन्ट सहित दर्जनौँ व्यावशाय गर्दै आएका केसीका अनुसार ग्राहकहरूको निरन्तर माया, विश्वास साथकै कारण कम्पनीले व्यवसाय विस्तार गर्न सफल भएको हो । केसिले यहि विश्वासलाई थप मजबुत बनाउने उद्देश्यले नयाँ अवधारणा सहित तीन नयाँ शाखा सञ्चालनमा ल्याउन लागिएको उनले बताए

नयाँ शाखामध्ये फुकुओकामा जापानीस रेस्टुरेंट (याकीतोरी ईजाखाया) करिब १०० जना ग्राहक एकैपटक अट्ने क्षमता भएको  ओटा इंडियन नेपाल रेस्टुरेंट सञ्चालनमा आउनेछन् नयाँ शाखाहरूमा गुणस्तरीय सेवा, स्वादिष्ट परिकार तथा ग्राहक मैत्री वातावरणलाई प्राथमिकता दिइने कम्पनीले जनाएको

केसीले व्यवसाय विस्तारसँगै नेपाली तथा स्थानीय समुदायलाई रोजगारी सिर्जना गर्नुका साथै नेपाली तथा जापानी ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए

आगामी अगस्ट ३० मा हुने शाखा उद्घाटन कार्यक्रमलाई कम्पनीले आफ्नो स्थापना कालदेखि प्राप्त ग्राहकको विश्वास सफल यात्राको उत्सवका रूपमा मनाउने तयारी गरेको जनाएको

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?