बुटवलमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु

३ भदौ,

बुटवल – बुटवलमा भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ । बुटवलबाट पश्चिम तर्फ जांदै गरेको बलेरो जिप, बदेलपोखरीबाट महेन्द्र राजमार्गमा निस्कदै गरेको मोटर साईकल र मुर्गिया बाट बुटवल आउदै गरेको स्कुटर एक आपसमा ठोक्कीएर भएकोदुर्घटनामा एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा ज्यान जानेमा अर्घाखांचीको संन्धिखर्क नगरपालिका घर भई बुटवल ११ देविनगर बस्दै आएकी २७ वर्षिय शुष्मा  श्रेष्ठ भएकोप्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार मुर्गिया बाट  लु ८७ प ४५७३ नम्वरको स्कुटरमा बुटवल तर्फ आउदै गरेकी श्रेष्ठलाई बुटवल१२ शान्तीचोकमा नम्मर नखुलेको मोटरसाईलकले ठक्कर दिएको र मोटरसाईकलको ठक्करबाट हुत्तिएर बलेरो जिपमा ठोक्किन पुगेकीथिईन्।

तिव्र गतिमा रहेको मोटरसाईकलको ठक्करबाट शुष्मा लु १ च ६७८३ नम्वरको बलेरो जिपको मुनी पुगेकी थिईन् । उनको उपचारकालागी अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?