स्याङ्जा–रुपन्देही सम्पर्क समाजको दोस्रो वार्षिकोत्सवमा देवघाट वृद्धाश्रममा भोजन कार्यक्रम

रुपन्देही  स्याङ्जाबाट रुपन्देहीमा आई विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिहरूको साझा संस्था स्याङ्जा (..पा.) रुपन्देही सम्पर्क समाज, रुपन्देहीले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रम सम्पन्न गरेको

समाजको दोस्रो वार्षिक उत्सवको अवसरमा साउन २७ गते देवघाट समाज कल्याण केन्द्र, देवघाट तनहुँद्वारा सञ्चालित वृद्धाश्रममा भोजन ग्रहण कार्यक्रम आयोजना गरिएको हो कार्यक्रममा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई भोजन सहित खाध्यान्य नगद समेत उपलब्ध गराइएको कार्यक्रम संयोजक मिरा भण्डारीले जानकारी गराउनुभयो

समाजले वार्षिक उत्सवलाई केवल औपचारिक कार्यक्रमका रूपमा मनाउनुको सट्टा सामाजिक सेवासँग जोड्ने उद्देश्यले वृद्धाश्रममा भोजन कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रममा ज्येष्ठ नागरिकहरूसँग भेटघाट तथा आत्मीयता आदानप्रदान समेत गरिएको थियो

कार्यक्रममा समाजका अध्यक्ष जनक कुमार श्रेष्ठ सहित अन्य  पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो सहभागीहरूले वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरूको अवस्था तथा आवश्यकताबारे जानकारी लिँदै उनीहरूसँग केही समय बिताएका थिए समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता मानवीय सेवाका कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको

स्याङ्जाबाट रुपन्देहीमा आएर बसोबास गर्ने तथा विभिन्न पेशा, व्यवसाय सामाजिक क्षेत्रमा आबद्ध व्यक्तिहरूबीच आपसी भाइचारा, सद्भाव सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले स्थापना भएको समाजले सामाजिक सेवाका क्षेत्रमा समेत आफ्नो सक्रियता बढाउँदै आएको

वार्षिक उत्सवका अवसरमा आयोजित यस प्रकारका  कार्यक्रमले ज्येष्ठ नागरिकप्रति सम्मान सामाजिक जिम्मेवारीको भावना अझ बलियो बनाउन सहयोग पुर्याउने समाजले बताएको

देवघाटमा सम्पन्न कार्यक्रम मार्फत समाजले आफ्नो खुसी सँगै अरूको खुसीमा पनि सहभागी बनौँ भन्ने सामाजिक भावनालाई व्यवहारमा उतार्ने प्रयास गरेको जनाएको छ । वृद्धाश्रममा भोजन सङ्गै खाध्यान नगद वितरण कार्यले वार्षिक उत्सवलाई थप अर्थपूर्ण सेवामूलक बनाएको सहभागीहरूको भनाइ

समाजले आगामी दिनमा पनि सामाजिक, मानवीय तथा परोपकारी गतिविधिलाई प्राथमिकता दिँदै विभिन्न सेवामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?