कार्यसम्पादन मुल्यांकनको नतिजामा सैनामैना नगरपालिका जिल्लामै प्रथम

राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले गरेको स्थानिय सरकारहरुको कार्यसम्पादन मुल्यांकनको नतिजामा सैनामैना नगरपालिका जिल्लामै पहिलो स्थानमा पर्न सफल भएको

रुपन्देहीका १६ स्थानिय सरकार मध्ये कार्यसम्पादन मूल्यांकनमा सैनामैना नगरपालिका ७३. अंक सहित पहिलो स्थानमा परेको हो

सुरुमा माघ २९ गते प्रकाशन गरिएको बित्त आयोगको स्थानिय सरकारहरुको कार्यसम्पादन मुल्यांकनको नतिजामा सैनामैना नगरपालिकालाई नतिजा प्रति चित्त नबुझे पछि सैनामैना नगरपालिकाले पुनर्मुल्याङ्कन गर्न निवेदन सहित आग्रह गरेपछि पछिल्लो पटक प्रकाशन गरिएको नतिजामा यस्तो नतिजा आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताउनुभयो

आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो जसमा १० असार भित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्त भित्र बजेट पास गरे/नगरेको उल्लेख

यसैगरी आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बापत उठेको रकम मध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको समेत मूल्यांकनको सूचक मानिएको आगामी आवको बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाए/नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेकोलाई समेत सूचक मानिएको

यसबाहेक बजेट खर्चको अवस्था, राजस्व परिचालन, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षाको नतिजा, खोप लगाएका बालबालिकाको अनुपात समेत आयोगले मूल्यांकनका आधार मान्ने गरेको

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?