नयाँ शक्ति, प्रतिनिधित्व र योग्यता : राजन जंग कुँवर

नेपाल हाम्रो घर हो यहाँ बसोबास गर्ने सम्पूर्ण नेपाली नागरिकहरू यस देशका सदस्य हुन । हिमाल, पहाड, तराई  कोही होइन पराइ। योदेश हामी सबै नेपाली हरुको साझा फुलबारी हो । यसलाई सुन्दर, समृद्ध सुसज्जित राख्ने जिम्मेवारी देशभित्र विदेशमा बसोबास गर्नेहरेक नेपालीको साझा दायित्व हो ।

त्यसैले :

नयाँ राजनीतिक शक्तिहरू आपसमा मिल्नुपर्छ, विभाजित हुनु हुँदैन है भनेर यो धारणा मैले धेरै अघिदेखि नै सार्वजनिक रूपमा बोल्दै लेख्दै आइरहेको थिए । आज केही नयाँ अनुहार छुटेपनि, कयौं नेता तथा कार्यकर्ता एउटै मोर्चामा समाहित भई एउटै चुनाव चिह्न लिएर निर्वाचनमा उत्रिनु सकारात्मक, आशालाग्दो ऐतिहासिक कदम हो । यसले वैकल्पिक राजनीतिप्रति जनविश्वास पुनःजागृत गर्ने आधार तयार गरेको छ।

नयाँ शक्तिहरू विभाजित हुँदा त्यसको प्रत्यक्ष फाइदा सधैं पुरानै संरचनालाई पुग्छ । नयाँनयाँबीचको आपसी प्रतिस्पर्धा परिवर्तनकोबाटो होइन, पतनको सुरुवात बन्छ। यही यथार्थ बुझेर निरन्तर संवाद सहमतिपछि आशालाग्दा धेरै अनुहारहरू रास्वपामा समाहित हुनु परिवर्तनप्रतिको इमानदार प्रयासका रूपमा लिनुपर्छ । यो क्षण केवल दलगत उपलब्धि मात्र होइन, वैकल्पिक राजनीतिका लागि सामूहिक परिपक्वताको संकेत पनि हो ।

रास्वपाको समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक भएपछि पार्टीभित्र समर्थक पंक्तिमा निराशा प्रश्नहरू उब्जिएका छन् । भोलि प्रत्यक्षतर्फ पनि यस्तै सूची आउँछ कि भन्ने शंका स्वाभाविक छ । बन्द सूचीमा समेटिएका केही उम्मेदवारको हैसियत, अनुभव राजनीतिक चेतनाबारे उठेका प्रश्नले सिङ्गो पार्टीको निर्णय प्रक्रियामाथि बहस खडा गरेको छ । यी प्रश्नहरूको स्पष्ट, तथ्यगत समयमै उत्तर दिनु पार्टी नेतृत्वको जिम्मेवारी हो ।

सांसद भनेको के हो सम्सदले गर्ने काम के हुन् र सांसद बन्नका निमित्त कस्तो खालको योग्यता चाहिन्छ ? त्यो समानुपातिक सूचीमा के सबै संसद बन्नका निमित्त योग्य पात्र चयन गरिएको ? यो कुरामा सिङ्गो पार्टीको गम्भीर ध्यानाकर्षण हुन जरुरी देखिन्छ

खराब व्यक्ति पनि भोलि सज्जन बन्न सक्छ, सज्जन पनि खराब। अयोग्य व्यक्ति पनि सिक्दैसिक्दै जाने क्रममा योग्य बन्छ योग्यव्यक्ति पनि समयानुकूल अयोग्य बन्न सक्छ। त्यो कुरामा पूर्ण रूपमै सहमत छु विश्वास पनि गर्दछु।

तर जबकि एउटा गाडी नै चलाउन नजानेको व्यक्तिलाईजा गएर गाडी चलाभनेर सिटमा राखिएको खण्डमा अवस्था के होला ? जबकि उसँग गाडी कसरी चलाउने भन्ने कुनै ज्ञान नै छैन। नजानी गाडी चलाउँदा चालक कसरी गन्तव्यमा पुग्न सक्छ ? त्यहाँ दुर्घटना हुन्छ नि, हैन ? गाडी चलाउनु पहिला उसलाई फिल्ड बाहिरै तालिम दिएर चलाउनका निमित्त तयार गर्नुपर्ने हैन ?

गुल्मी मा जन्मिएर गुल्मी मै हुर्किएको व्यक्ति मैले मेरो भूगोलको बारेमा जति बुझेको छु, तराईको सबै व्यक्तिले यहाँको बारेमा त्यतिधेरै नबुझेको पनि हुन सक्छ ? तराईको व्यक्तिले जति आफ्नो भूगोलको बारेमा बुझेको हुन्छ, मैले त्यति नबुझेको हुन सक्छु। मेरो ठाउँका समस्याको बारेमा जति धेरै बोल्छु, कराउँछु, चिच्याउछु तर त्यहीँ मधेशको मान्छेले मैले जति महसुस गरेर बोल्दैन होला निहैन ?

एउटा पिछडिएको बर्ग वा समुदायका समस्या त्यहीँ भित्रकोले सबैभन्दा राम्रोसँग बुझेका हुन्छन । समाजमा जातीय, धार्मिक, लैङ्गिक अन्य अनेक छुवाछूत छन्  तर ती समस्या भोगेकाले मात्रै त्यसको वास्तविक अर्थ बुझ्न सक्छ । कर्णालीका आम नागरिकहरूले भोगिरहेका दैनिक चुनौतीहरू, कठिनाइहरू संघर्षहरू काठमाडौंको महलमा जन्मिएर हुर्किएका नीतिनिर्माताले पूर्ण रूपमा नबुझ्न सक्छन्

नयाँभन्नाले पहिले नभएको, ताजा दृष्टिकोण सोच बुझाउँछ।नयाँपनभनेको पुरानो अभ्यासभन्दा फरक, सिर्जनात्मक प्रभावशाली कुरा हो ।परिवर्तनभनेको सुधार रुपान्तरण हो, कि नातावाद । आशा जगाउनु भनेको निराशा फैलाउनु होइन; यो मानिसलाई अघि बढ्न प्रेरित गर्ने प्रक्रिया हो।

अहिलेको अवस्थामा देश चलाउन त्यति सजिलो भने पक्कै पनि हुने छैन । घर चलाउँदा घर भित्रको ब्यबस्थापन, बस्ने वातावरण सहितजस्तै, घरको खाना पकाउन जुन मेहनत, ज्ञान समय चाहिन्छ, तर खाना बस्नेलाई सजिलो लाग्न सक्छ जबकि उसलाई पकाउनु नैपर्दैन अरुले पकाएर दिएको खान सजिलो नि ? त्यस्तै, देश चलाउन योजना बनाउने, नीति निर्माण गर्ने, सेवा वितरण गर्ने विकासका कामहरू गर्न अत्यन्त मेहनत, ज्ञान संवेदनशीलता आवश्यक पर्छ।

हामीले अनुभव, समझदारी, नयाँ सोच निरन्तर सुधारको भावना लिएर अघि बढ्नुपर्छ। यही मार्गले मात्र समाजमा वास्तविक परिवर्तन, समृद्धि आशा ल्याउन सक्छ।

देश कसरी बन्न सक्छ? आजको युगमा देश बनाउनेदृघकालिनरोड म्याप स्पष्ट हुनुपर्छ सुशासन, जवाफदेहीता, पारदर्शिता, समस्याचिन्हित गर्ने, समाधानका उपाय तय गर्ने, बढिरहेको भस्ट्रचार जरैदेखि नै नियन्त्रणमा लिने, खस्किरहेको अर्थतन्त्र सुधार गर्नेदृघकालिनयोजना तय गर्ने बढिरहेको युवाको वैदेशिक पलायन रोक्नका निमित्त अत्यावश्यक नीति नियम निर्माण गर्ने त्यो कुरा व्यवहारमा लागुगर्ने अवस्था तय गर्ने लगायतका कयौं देश बन्ने निति निर्माणका एजेन्डा सहित यो वैकल्पिक शक्ति निर्वाचनमा जानुपर्छ।

आम नेपाली जनताहरुमा अहिले बढिरहेको आक्रोशलाई क्रियाशील काममा रुपान्तरण गरेर वास्तविक परिवर्तनको अनुभूति जनमानसमा जगाउन सक्नुपर्छ । जब आम नेपाली हरुले परिवर्तनको प्रत्यक्ष महसुस गर्छन्, तब मात्र यो ब्यवस्थामा अहिलेको यो वैकल्पिक शक्तिसहित सिङ्गो देशको भविष्य सुन्दर सबल हुनेछ।

अरुलाई चलाउने हराउने सत्ता मोहमा रमाउने पुराना बानी जारी रह्यो भने, यो देश फेरि पनि अध्यारो सुरुङमा फस्ने निश्चित छ। अबको विकल्पभनेकोसकारात्मक, जनमुखी परिवर्तनमुखी शक्तिले मात्र देशलाई उज्यालो स्थायी मार्गमा लैजान सक्षम रहनेछ त्यसैले रास्वपालाई अहिले देश बनाउनेदिर्घकालिनयोजना सहित ठोस नितिका साथ अगाडि बड्नुपर्ने कुरा अत्यावश्यक, महत्त्वपूर्ण चुनौतीका रुपमा रहेको

राजन जंग कुवँर,
मदाने गाउँपालिका ,गुल्मी

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?