पौष १२, बुटवल । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवल मैनाबगरमा रहेको अटोभिलेज ब्यवस्थित हुँदै जानेप्रतिबद्धता ब्यक्त गरेका छन । आज बुटवल अटो इन्जिनियरको ३० औं साधारणसभामा बोल्दै उनले धुलो हिलो हुने मैनाबगर अहिलेपक्की बाटो तथा ढल ब्यवस्थापन भएको बताए ।
बुटवल अटो इन्जिनियरिङ एशोसियसन रुपन्देही लुम्बिनीको ३० औं साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेतरहेका पाण्डेयले बुटवलमा कुनैपनि व्यवसायिक संस्था बिस्थापित हुन नहुने प्रतिबद्धता समेत जनाए ।

उनले पोखराका अटो ब्यवसायीहरु बिस्थापित हुन लागेको सुन्दा निकै नरमाइलो लागेको बताउदै व्यवसायी जन्माउन धेरै वर्ष लागेकोभन्दै व्यवासायीलाई बिस्थापित नगरी बैकल्पिक मार्ग प्रशस्त गर्न आग्रह गरे ।
नेपाल अटोमेकानिक्स ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष गोपाल भट्टराईले सबै जिल्ला संघमा अटोभिलेज निर्माणमा पहल गर्नेबताए ।
संस्थाका अध्यक्ष प्रेम गौचनले वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अतोभिले अझै बिस्तारका सन्दर्भमा सेटलाईट अटोभिलेज निर्माणकोकुरालाई जोड दिएका थिए। उनले अवैध चोरी नियन्त्रणको माग समेत गरे ।

कार्यक्रममा संघका पुर्व अध्यक्ष तथा बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टक प्रसाद गैरेले व्यवसायीको हकहित र मर्यादाकायम राख्दै नयाँ प्रविधि र सीपलाईअगाडि बढाउनुपर्ने बताए ।
गण्डकी अटो मेकानिकल एक्स एशिसियसन पोखराका अध्यक्ष बिष्नु अधिकारीले मेकानिक्स व्यवसाय पछिल्लो समय मेकानिक्सव्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन भएको बताए ।
पुर्व अध्यक्ष ज्योति भण्डारीले मैनाबगर अटोका व्यवसायी र मजदुरका समस्यालाई समाधान गर्न सकेमा नमुना अटो भिलेज बन्न सक्नेबताए ।
संघका सल्लाहकार तथा चेम्बर अफ कमर्शका अध्यक्ष टंकप्रसाद पोख्रेलले अबको युवापुस्ताले नयाँ प्रविधिसंगै सीपमा दक्षता हासिलगर्नुपर्नेमा जोड दिए ।
संघका अध्यक्ष प्रेम गौचनले अध्यक्षको बार्सिक प्रतिवेदन, महासचिव पुनित पोख्रेलले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष नमराजसुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।
सो अवसरमा जेष्ठ सदस्यबाट मोहनलाल पान्डेय,अनुशासित ब्यवसायीबाट टेक बहादुर सिजाली, प्रतिष्ठान सरसफाईबाट दिपेशघिमिरे, सीप क्षमता बिस्तारबाट मोहन सुनुवार र महिला ब्यवसायीबाट रतनमाया चौधरीलाई सम्मान समेत गरिएको थियो।
संघका उद्योग उपाध्यक्ष धुर्वराज भुसालको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सन्चालन महासचिव पुनित पोख्रेलले गरेका थिए ।

