अनिल नेपाली
अर्घाखाँचीको सन्धिखर्क स्थित साना सहरी खानेपानी तथा सरसफाई आयोजनाको निर्वाचनमा एमाले, कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाको बलियो संयुक्त गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार बाबुराम भुसाल अध्यक्ष पदमा निर्वाचित भएका छन ।
भुसालले ५६३ मत प्राप्त गरी गठबन्धनका साझा उम्मेदवार युवराज केसीलाई १२० मतको फराकिलो अन्तरले पछि पार्दै जित हासिल गरेका हुन ।
अध्यक्ष सँगै बरिष्ठ उपाध्यक्ष बेदराज घिमिरे र कोषाध्यक्ष पदमा पनि स्वतन्त्र उम्मेदवार सरिता महत विजयी भएकी छन भने उपाध्यक्ष, सचिव, सह–सचिव लगायत अन्य पदाधिकारी र सदस्यहरूमा भने गठबन्धनका उम्मेदवारहरूले बाजी मारेका छन् ।
निर्वाचन परिणामअनुसार उपाध्यक्षमा गठबन्धनका भेष बहादुर केसी, सचिवमा जिबलाल पौडेल र सह–सचिवमा कल्पना पोख्रेल निर्वाचित भएका छन । जिल्लामा ठूला दलहरू एकठाउँ हुँदा पनि स्वतन्त्र उम्मेदवारले नेतृत्व हत्याउनुलाई दलहरूप्रतिको वितृष्णा र स्वतन्त्र उम्मेदवार प्रतिकोबढ्दो जनलहरका रूपमा विश्लेषण गरिएको छ ।

