२७, कार्तिक चिवतन । होटल तथा हस्पिटालिटी क्षेत्रमा प्रसिद्ध पौवा होटलको १६ औँ शाखा चितवनको भरतपुरमा कार्तिक २७ गते (आज) उद्धघाटन हुँदैछ ।

चितवन भरतपुरको हाकिमचोकमा स्थापना गरिएको पौवा होटलको यस शाखाको आज एक कार्यक्रमको विच उद्धघाटन गर्न लागिएको आजको कार्यक्रमको संयोजक तथा पौवा होटलका संचालक बिष्णु भण्डारीले बताउनुभयो ।

आज ११ बजे चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्धारा उद्धघाटन गर्न लागिएको यो कार्यक्रममा विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागितामा रहने भण्डारीले जानकारी दिनुभयो ।

२०७३ सालमा पहिलो पटक रुपन्देहीको सालझण्डीबाट धुर्व न्यौपानेको परिकल्पनामा सुरुवात गरिएको पौवा होटलले आजसम्म आइपुग्दा देशभरका १६ स्थानहरुमा आफ्नो शाखा विस्तार गरिसकेको छ ।



