रुपन्देही ३ मा टिकट पाउने उम्मेदवार आफू नै हुने रास्वपाका मधु अर्यालको दावी

सिंगो क्षेत्र घण्टीमय भएपछि ठूला दललाई झ्वांला छुटेको दावी

बुटवल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही क्षेत्र नम्बर को उपचुनावमा उम्मेदवारका आकांक्षी मधु अर्यालले आफू  चुनाव हुन लागेको क्षेत्रले खोजेको उम्मेदवार भएको बताएका छन्

पार्टीको क्षेत्रीय सभापति समेत रहेका अर्याल पार्टी स्थापना कालदेखि निरन्तर रुपन्देही मा  संगठन निर्माणमा खटेको, क्षेत्रका समस्या सम्भावना राम्ररी पहिचान गरेकाले आफूले टिकट पाए क्षेत्रलाई कायापलट बनाउनेभिजनतयार गरेको बताए

रास्वपालाई रुपन्देही मा संगठन विस्तारमा नेतृत्वदायी भूमिका खेलेका उनले शुरुमा सय पार्टी सदस्य रहेकामा आफू क्षेत्रीय सभापति भएपछि करिब २८ सय जना पार्टी सदस्य पुगेको बताए रास्वपाको उम्मेदवारको लागि अर्याय सहित जना टिकटको आकांक्षी छन्

पार्टीले गरेको ब्लुप्रिन्ट संवादमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाई भैरहवामा पर्यटन क्षेत्रमा गरिएको लगानीलाई सुरक्षित गर्न, विमानस्थल जोड्ने सडक कनेक्टिभिटी लुम्बिनीको पर्यटन विकास, खेल पर्यटन सहित रुपन्देहीको एकीकृत विकास गर्नेमुख्य एजेण्डा प्रस्तुत गरेको अर्यालले बताए कृषिलाई व्यवसायीकरण, माछा सुपर जोन, प्राङगारिक खेतीलाई जोड दिने आफनो एजेण्डा रहेको उनले सुनाए

उनले मतदाताको घरदैलोमा पुग्दा अधिकांशले रास्वपाबाट परिवर्तनको आशा गरेकाले चुनावी माहोल रास्वपामय रहेको दावी गरे

उनले भ्रष्टाचारको अन्त्य गरी सुशासन, जनताको पक्षमा कानून नीति निर्माणसंगै  संसदमा सशक्त प्रतिपक्षी सांसदको भूमिका खेल्दै  २०८४ मा रास्वपाको वहुमतको ढोका खोल्न रुपन्देही मा जित निकाल्न आफू सबैभन्दा उपयुक्त उम्मेदवार हुने दावी गरे

रुपन्देही मा नदी दोहन ढंगा,गिटी/बालुवा चोरी तस्करीको ठूलो समस्या रहेको भन्दै आफूले यसलाई नियन्त्रण गर्न सही नीति बनाउन भूमिका खेल्ने बताए   निर्वाचन आयोगले रुपन्देही क्षेत्र . को उपनिर्वाचनको मिति सार्वजनिक गर्दा रुपन्देही का ३६ वडामध्ये वडा वडा समिति रहेकामा त्यसयता आफ्नो सक्रियतामा ३४ वडामा संगठन विस्तार भएको अर्यालले बताए

क्षेत्रका आफ्ना पार्टीका नेता कार्यकर्ताहरुको चाहना सुझाव अनुसार  नै उम्मेदवार बन्न लागेको हुं, पार्टीले अपनाएको उम्मेदवार छनोट विधि अनुसार पनि प्राइमरी इलेक्सन अन्य मापदण्डमा अब्बल दावी गरेको छु’–अर्यालले भने–‘ निर्वाचन क्षेत्रका मुद्धालाई स्थापित गर्ने गरी उम्मेद्वार बन्न खोजेको हुँ भूगोललाई मसिनो गरी बुझेका अर्याल उम्मेद्वार भएकाले कार्यकर्ताहरु समेत उत्साही छन्   अर्याल जे काम गर्छन्, त्यसलाई इमान्दारीपूर्वक गर्नुपर्छ भन्ने मान्यता राख्छन् अर्यालले अन्य उम्मेद्वारहरुले जस्तो ठूला सपना बाँडेका छैनन्

राष्ट्रिय गौरवको आयोजनामा पर्ने गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनका लागि प्रतनिधिसभा सदस्यका रुपमा आफूले अभिभाकत्व लिने गरी नीतिगत पहल गर्ने उनको अठोट त्यसो अर्यालले पार्टी समक्ष आफ्ना योजनाहरुको विस्तृत योजना नै पेश गरेका छन् , तर उनले आफू सांसदका रुपमा नीतिगत कानुनी रुपमा गर्न सक्ने भूमिकालाई मुख्य एजेन्डाका रुपमा अघि सारेका छन् विमानस्थल सँगै बुद्धजन्मस्थल लुम्बिनीलाई जोडेर आध्यात्मिक पर्यटन त्यसका लागि बुद्ध सर्किटका लागि पहल गर्ने उनको योजना

तिनाउ दानव नदीलाई प्रकृति मानव जीवनसँग जोडेर विकास गर्ने, सहरमुखी क्षेत्र ग्रामिण इलाकाहरुमा कृषिलाई प्राथमिकता राखेर काम गर्ने उनको प्रतिवद्धता प्रविधिमा आधारित रहेर कृषिको आधुनिकिकरण गरी उत्पादन बढाउने यसको बजारीकरणमा बिशेष भूमिका खेल्ने उनले बताए कृषि, शिक्षा, स्वास्थ्य पर्यटनमा बिशेष रुपमा नीतिगत कामहरु गर्न खटिन्छुउनले भने

उनले निर्वाचन क्षेत्र .  मा मल सिंचाईको व्यवस्था, पूर्वाधार विकासका लागि प्राथमिकताका साथ काम गर्ने योजना बनाएका छन् अर्यालले रास्वपाको संगठन विस्तारमा क्षेत्र, जिल्लामात्रै होइन्, देशका विभिन्न अभियानमा सामेल भएका छन् पार्टी सभापती रवि लामिछानेसँगै उनी विभिन्न अभियानमा सामेल भएका छन् नारायणगढबुटवल सडक विस्तारका लागि दवाव दिन आयोजित पैदल यात्रामा उनी रविलामिछानेसँगै हिडेका थिए जाजरकोट रुकुम पश्चिममा गएको भूकम्पका बेला राहात उद्धारका बेला पनि अर्याल  पार्टी सभापतीसँगै खटिएका थिए

यस्तै पाल्पा, अर्घाखाँची, कपिलबस्तुमा रास्वपाका विभिन्न कार्यक्रममा पार्टी सभापतीको सम्बोधनमा सँगसँगै हिडेको उनी बताउँछन् स्वदेशमा मात्रै होईन अर्याल बेल्जियमको एन्ट्रोपसिटिमा प्रमुख अतिथिका रुपमा सहभागी भएर संगठन विस्तार गरेका थिए त्यसैगरी उनी पोल्याण्डको राजधानी वासा,बेल्जियमको ब्रसेल्स सहरमा पनि पार्टी गतिविधि विस्तारमा लागेको थिए

बुटवल १७ का मधु प्रसाद अर्याल अभियान्ता, लेखक, अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता हुन् सामाजिक रुपान्तरणका लागि नयाँ काम गर्ने अठोट सहित राजनीतिमा लागेका उनी बालबालिकाको क्षेत्रमा १५ बर्षदेखि काम गरेका व्यक्ति हुन् बालबालिकमा देखिने  संवेदनशिल विश्वव्यापी समस्या  अटिजममा विद्यावारिधिको शोधकर्ता हुन्   अन्तर्राष्ट्रिय अनुसन्धान फेलोको रूपमा उनले काम गरेका छन्

काठमाडौंका विभिन्न कलेजहरुमा प्राध्यापन समेत गरेका उनले केही विद्यालय तहको पुस्तक लेखेका छन् कक्षा ११ १२ को अनिवार्य नेपाली (२०६३) बिषयका सहलेखक हुन भने उनले टाकुरिएका नेपाली कविता सग्रह (२०६१) प्रकाशित छन् अर्यालको सबै क्षेत्रका व्यक्तिहरुसँग राम्रो सम्बन्ध बनाएका छन् वैकल्पिक शक्ति मूलधारको पार्टीहरुसँगै प्रतिस्पर्धा गरेर स्थापित हुने उनको मान्यता

रास्वपाबाट  उम्मेदवार बन्न जनाले आवेदन दिएका छन् उम्मेदवार बन्न आवेदन दिनेहरुमा अर्यालसंगै शुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय,  डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर (जेबी) गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री पुनमकुमारी अग्रवाल रहेका छन्

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?