आज लुम्बिनी प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा दिइएको छ । थारू समुदायको बर्का अट्वारी पर्वको अवसरमा उक्त विदा दिइएको हो ।
थारू समुदायको बसोवास रहेका ६ जिल्ला बाँके, बर्दिया, दाङ,कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिएको लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको हो
थारू समुदायमा महत्वका साथ मनाइने बर्का अट्वारी पर्व यस बर्ष भदौ ८ गते आइतबार (आज) परेको छ । यो पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘व्रत’ बस्ने र व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक मान्यता रहेको छ ।
