सूर्य पन्थीको युट्युब च्यानलमार्फत नयाँ तीज गीत अभागि करिम सार्वजनिक (भिडियो सहित)

नेपाली तीज पर्वलाई लक्षित गर्दै मोडल सूर्य पन्थीले नयाँ मौलिक तीज गीत  ‘अभागि करिम ’ सार्वजनिक गरेका छन् । गीतलाई सूर्य पन्थीको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतमा चर्चित गायिका एवं मोडल वर्षा लम्सालको सशक्त स्वर रहेको छ भने उनलाई राजिब सुनारले साथ दिएका छन् । गीतका शब्द संकलन स्वयं सूर्य पन्थीले गरेका हुन् भने संगीत संयोजनमा सागर खनालको साथ रहेको छ ।

भिडियोतर्फ मोडल वर्षा लम्साल, सागर खनाल, सूर्य पन्थी, श्रद्धा काफ्ले र मीना पछाईंको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई सागर खनालले निर्देशन गरेका छन् भने सम्पादन मन्त्र भिडियो प्रोडक्सनले गरेको हो । त्यस्तै गीतको अडियो व्यवस्थापन राजु सुनार र राजिब सुनारले गरेका छन् । अडियो रेकर्डिङ होमीज रेकर्ड/रंगा स्टुडियोमा गरिएको हो ।

गुल्मीको मदाने ७ मा जन्मिएका सूर्य पन्थीको बिगत केही समय देखि विभिन्न गितहरुको मोडलमा समेत शसक्त अभिनय देख्न सकिन्छ ।  अहिलेकोको तिज गित उनकै नवनिर्मित  आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

अभागि करिम’ युट्युबमा सार्वजनिक भएसँगै श्रोतामाझ चर्चा पाउन थालेको छ । गीतमा मौलिकता, लयात्मकता र आकर्षक दृश्यसंयोजनको कारण तीज गीत सुन्ने र हेर्ने दर्शक–श्रोतामाझ विशेष स्थान बनाउने अपेक्षा गरिएको छ ।

👉 हेर्न युट्युब लिंक:

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?