बुटवल । आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले २६ राजनीतिक दल दर्ता गरेको छ ।
दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानुनी प्रकृया पूरा भएका २६ दललाई आयोगको सोमबारको निर्णयअनुसार दर्तागरिएको सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।
निर्वाचन आयोगका अनुसार दल दर्ताका लागि २७ वटा निवेदन परेपनि कानूनी प्रक्रिया पूरा गरेका २६ दललाई मान्यता दिइएको छ । राप्रपाबाट निर्वाचित दीपक बोहोराको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
उक्त क्षेत्रमा हुने उपनिर्वाचनका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत प्रमुख दलसहित अन्य विभिन्न दलले निर्वाचन आयोगमा दल दर्ता गराएका हुन् । आयोगले उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै आगामी असोज २१ गते उम्मेदवार मनोनयन दर्ताको दिन तय गरेको छ ।

