भैंसीलाई निर्ममता पूर्वक यातना दिई ओसारपसार गर्ने २ जना पक्राउ

अनिल नेपाली

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर बाट भैंसीलाई निर्ममता पूर्वक यातना दिई ओसारपसार गर्ने जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर का २३ वर्षीय सरोज पौडेल रोल्पा लुङ्ग्री गाउँपालिका वडा नम्बर का १८ वर्षीय क्रिस बानिया रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको

मंगलबार राति सन्धिखर्क नगरपालिका वडा नम्बर घोचे खोलाबाट प्रहरीले धारापानी तर्फबाट सन्धिखर्क आउँदै गरेको लु ३८२६नम्बरको सिङ्गल क्याप बोलेरो गाडी रोकी चेकजाँच गर्दा, गाडीको पछाडिको ढालामा वटा भैंसीहरू साँघुरो ठाउँमा अटाई नअटाई क्रूरव्यवहारका साथ बुटवलतर्फ लैजाने तयारीमा रहेको फेला पारेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो

साँघुरो ठाउँ यातनाका कारण गाडीमा ठोकिएर भैंसीहरू घाइते अवस्थामा भेटिएको छ । प्रहरीले गाडी, भैंसी दुबै व्यक्तिलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ बमोजिम पशुपक्षी सम्बन्धी कसूर मुद्दामा म्याद थप गरीथप अनुसन्धान थालेको सूचना अधिकारी झलक प्रसाद शर्माले जानकारी दिनुभयो

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?