अनिल नेपाली
अर्घाखाँची जिल्लामा क्रियाशिल राजनैतिक दलहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । जिल्लामा रहेको संघिय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय अर्घाखाँचीलाई रुपन्देही स्थानान्तरण गर्न लागेको भन्दै दलहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
क्रियाशिल राजनैतिक दलका प्रमुख/प्रतिनिधिको हस्ताक्षर र पार्टीको आधिकारिक छाप लगाएर ज्ञापनपत्र बुझाएका थिए । नेपाली काङ्ग्रेसका जिल्ला सचिव कृष्ण प्रसाद खनाल, नेकपा एमालेका उपाध्यक्ष शम्भु प्रसाद पोख्रेल, नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज ठाकुर कुमार बि.क., राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति हरि प्रसाद भुसाल, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन बहादुर के.सि., जनता समाजवादीका जिल्ला ईन्चार्ज नेत्र बहादुर थापा मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला प्रवक्ता विनोद आचार्य, काङ्ग्रेस जिल्ला सदस्य लिलाराम गौतम, हरि प्रसाद दमासे, जनमोर्चाका नेता गोबिन्द भट्टराई लगायतका नेताहरु ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
राजनैथिक दलहरुले खानेपानी तथा ढल व्यवस्थापन कार्यालय अर्घाखाँची जिल्लाबाट स्थानान्तरण गर्ने कार्य तत्काल नरोकिए आन्दोलनमा उत्रने समेत बताएका छन् ।


