२३ साउन,कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका ९ सुगुरबरुवामा बालेरो पिक अप र मोटरसाईल ठोक्किदा ५ जना घाईते भएका छन ।
लु ३ च ६५५३ नम्बरको बलेरो पिक अप र लु ७७ प ६४०६ नम्बरको मोटरसाईकल शुक्रवार दिउसो एक आपसमा ठोक्किदा ५ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका इन्चार्ज प्रहरी (निरिक्षक) पंकज चुदालीले बताए ।
बलेरोको ३ र मोटरासईकलमा सवार २ जना घाईते भएको र घाईते मध्ये बोलेरोमा सवार ३ जना घाइतेको गोरुसिंगेमा उपचार भईरहेको छ भने मोटरसाइकलमा सवार २ जनालाई थप उपचारको लागी बुटवल पठाइएको प्रहरीले जनाएको छ । घाईतको अवस्था सामान्य र मध्यम रहेको बताइएको छ ।

