भदौ दोस्रो साताबाट चरणबद्ध आन्दोलन गर्ने शिक्षक महासङ्घको निर्णय

नेपाल शिक्षक महासङ्घले भदौ दोस्रो साताबाट चरणबद्ध आन्दोलन सुरू गर्ने निर्णय गरेको बिहीबार राजधानीमा बसेको महासङ्घको बैठकले सरकारले पूर्व सहमति अनुसार विद्यालय शिक्षा विधेयक नथपेको भन्दै आन्दोलनको तयारी थाल्ने निर्णय गरेको हो

आन्दोलनको कार्यक्रम निर्माणको जिम्मा आन्दोलन परिचालन समितिलाई दिइएको भने राष्ट्रिय समिति बैठकबाट त्यसलाई अन्तिम स्वीकृति दिइने महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए उनले आगामी भदौ गते राष्ट्रिय समितिको पूर्ण बैठक बस्ने कार्यक्रम समेत रहेको जानकारी दिए।

अध्यक्ष सुवेदीले शिक्षा समितिमा विधेयकमाथी के भइरहेको भन्ने विषयमा स्पष्ट जानकारी नआएको बताउँदै प्रतिनिधि सभामा विधेयक दर्ता भएपछि मात्र त्यसले उठाएका विषयको मूल्याङ्कन गर्न सकिने बताए ।

बैठकमा सरकारले विगतमा गरेको सहमतिका सन्दर्भमा हालसम्मको प्रगतिमाथी समीक्षा गरिएको थियो महासङ्घका अनुसार । सरकारले शिक्षक कर्मचारीका अपेक्षा अनुसार विधेयक ल्याउने सम्भावना न्यून देखिएको प्रस्तावित विधेयकले विद्यालय शिक्षाकाजटिल समस्या समाधान गर्ने संकेत पनि नदेखिएको महासङ्घको ठहर छ।

सरकारले असार १५ भित्रै विधेयकको टुंगो लगाउने वाचा गरेको थियो, तर अझैसम्म विधेयक शिक्षा समितिमै अल्झिएको यसैकारण शिक्षक महासङ्घ चिढिएको देखिएको छ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?