युएईमा चेलिबेटीलाई माइतिको झल्को,सैनामैना समाजले गर्यो बृहत् तिज कार्यक्रम

सुरेन्द्र परियार 

५ अगस्ट / युएई  सैनामैना सेवा समाज युएईले बृहत् तिज कार्यक्रम सम्पन्न गरेको असाहय एबं बिपन्न बिधार्थीहरूको शैक्षिक बिकाशका लागि अक्षयकोष स्थापनाका लागि समाजले आइतबार भव्य तिज कार्यक्रम सम्पन्न गरेको  हो

दुबइको बरदुबइमा भएको सो कार्यक्रममा नेपाली मौलिक तिज गित गुन्जिएपछि साडीमा सझिएका चेलिहरूको मुहारमा उत्साह देखिन्थ्यो, जुलाइ अगस्टको गर्मिको प्रवाह नगरी छमछमि नाचिरहेका चेलिहरू रमाइलो गरिरहेका थिए । परदेशमा घरदेशको झल्को दिने गरी, सैनामैना सेवा समाज युएईले भव्य कार्यक्रम गरेको सहभागीले बताए

कार्यक्रममा  चर्चित लोक गायक खुमन अधिकारीले मौलिक तिजको एक टुक्का गित गाउनासाथ खचाखच भरिएको हल एकाएक, गुन्जियो परदेशमा रहेका चेलिबेटी दिदिबहिनीहरू माइतिको सम्झनामा रमाइरहे !

कामको शिलशिलामा युएईमा रहेका नेपाली दिदिबहिनीहरू खुसि मात्रै थिएनन्, ताकि तिजमा सैनामैना समाजले माइतिघरको झल्को मेटिदिएको बताए ! तिज पर्ब चेलिबेटीको बिशेष भएर पनि  होला, खचाखच भरिएको हलमा असिन पसिन बन्दै नाचिरहेका चेलिबेटीहरूमा रौनकता थियो , मुहार हसिलो थियो

तिज कार्यक्रममा सहभागी दर्शकहरूलाइ नेपालबाट  आमन्त्रित कलाकारहरू लोक गायक खुमन अधिकारी गायिका मंजु भट्टराईले भरपुर  मनोरंजन दिए  तिजको झल्को मेटिने गरी खुमन अधिकारिको मौलिक गितमा दर्शक झुमिरहे

परदेशको कामको थकान भए पनि कलाकारको प्रस्तुतिले दर्शकलाइ  राहात् दिएको अनुभुती देखिन्थ्यो सो कार्यक्रम संस्थाका अध्यक्ष बिष्णु प्रसाद पन्थिको अध्यक्षता एबं गैर आवाशीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाको प्रमुख  आतिथ्यतामा सम्पन्न भएको  हो

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुंगानाले, सैनामैना समाजले परदेशका दिदिबहिनीहरूलाई घर गाउँको याद मेटाउने गरि कार्यक्रम गरेकोमा प्रशंसा गरे ´रोजगारीका लागि हामी बिदेशमा छौँ, आफ्नो कला संस्कृतिको प्रबर्द्धन गर्न सैनामैनाले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको , पछिल्लो समयमा, समाजले विभिन्न अबशर पारी सामाजिक कामहरूमा सकृय भइरहेको छ´उनले भने

कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष राम मोक्तान्, एनआरएनए एनसीसी युएईका अध्यक्ष बिकाश शाहि लगायतले बोल्दै, सैनामैना सेवा समाजले गरिरहेको सामाजिक कामलाइ निरन्तरता दिन  आग्रह गरे सो अबशरमा बोल्दै कार्यक्रम संयोजक युबराज भट्टराईले, सैनामैना समाजले सबै पदाधिकारीहरूको सकृयतामा भव्य कार्यक्रम गर्न सफल भएको उल्लेख गरे

संस्थाका अध्यक्ष पन्थीले सैनामैना सेवा समाजले, छोटो  समयमा धेरै मानवीय सामाजिक कामहरू गरेको बारेमा चर्चा गरे उनले भने,`युएइमा छोटो समयमा सबैको साथले सामाजिक काममा सैनामैना सेवा समाज अग्रसर भएर अघि बढेको ! संस्थाले आयोजना गर्नेहरेक कार्यक्रमबाट सामाजिक परोपकारी काम गर्दै आएको उल्लेख गर्दै उनले थपे , यो तिज कार्यक्रमबाट संकलित रकमबाट बिपन्न बिधार्थिहरूका लागि अक्षयकोष बनाउने छौँ

सोहि अबशरमा, विभिन्न समयमा संस्थालाई  योगदान गरेका पदाधिकारीहरू , संरक्षक तथा कार्यक्रम संयोजक युबराज भट्टराई , बरिष्ठ उपाध्यक्ष केशव भट्टराई , केन्द्रीय सदस्य कमला पाण्डे , सल्लाहकार ज्ञान्देव घिमिरे तथा कार्यक्रममा सहयोग गर्ने सहयोगीलाई समेत  दोसल्ला तथा प्रशंसा पत्र सहित सम्मान गरिएको थियो

वर दुबई स्थित क्लब एभरेस्टमा भएका सो कार्यक्रममा नेपाली समाजमा आबद्द ६४ बढि संस्थाका प्रतिनिधि सहित ६०० बढि दर्शकहरूको उपस्थिति थियो   उपस्थित दर्शकहरूलाई सांस्कृतिक मनोरंजन संगै नेपाली मौलिक परिकारहरू समेत व्यबस्था गरिएकोथि यो

कार्यक्रममा, युएईमा रहेका प्रतिभावान् कलाकारहरू बिरेन बिसि, बिरू ओलि, सुस्मिता रेग्मि, नेप्लिज डान्स ग्रुपको प्रस्तुतिले रौनक थपेको थियो

कार्यक्रम संस्थाकी महिला सचिब सुस्मा सुनारको स्वागत तथा महासचिव सुरेन्द्र परियारको संचालनमा सम्पन्न भएको थियो

सैनामैना सेवा समाजले अघिल्ला बर्षहरूमा पनि तिज कार्यक्रम मार्फत संकलित रकम मार्फत सैनामैनाका सामुदायिक बिधालयमा लाख बराबरको अक्षयकोष स्थापना गरिसकेको

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?