माओवादी केन्द्रको प्रचार प्रति नेकपा गुल्मीको आपत्ती

विप्लव नेतृत्वको नेकपाको `गुल्मी–काठमाडौं सम्पर्क मञ्च´ माओवादी केन्द्रमा समाहित भएको भनी आएका अभिव्यक्ति प्रति विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट गुल्मीले गम्भीर आपत्ति जनाएको छ।

पार्टीका गुल्मी जिल्ला इन्चार्ज खोमा सी र सेक्रेटरी बसन्त सी ले संयुक्त रुपमा जारी गरेको प्रेस–वक्तव्यमा काठमाडौँमा गुल्मी जिल्ला सम्बन्धित कुनै सम्पर्क मञ्च नरहेको र सामाजिक संजालमा उल्लेख गरिएका व्यक्तिहरू पार्टीको कुनै पनि कमिटी वा साधारण सदस्य समेत नरहेको स्पष्ट पारिएको छ ।

श्रावण  १० गते काठमाडौंमा  सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गुल्मी काठमाडौ सम्पर्क समन्वय समितिको पाँचौ अधिवेशनको क्रममा विप्लव नेकपाका कार्यकर्ता सम्पर्क समन्वय समितिमा समाहित भएको भन्ने सामाजिक संजालमा आइरहेको बेला नेकपाले विज्ञप्ति निकालेर यो भ्रम भएको बताएको हो ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) गुल्मी काठमाडौ सम्पर्क समन्वय समितिको पाँचौ अधिबेशनमा बिबाद भएको छ । शनिवार काठमाडौको बत्तिसपुतलीमा भएको अधिबेशनमा आफुखुसी नाम राख्दा बिबाद सृर्जना भएको एक सदस्यले जानकारी दिए । कार्यकर्ताको भावना अनुरुप नभएर बिरोधको आबाज बढेपछि पुरानै पदाधिकारीहरुको नाम घोषणा गरेर कार्यक्रम टुङ्गाइएको ति सदस्यले बताए ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?