अनिल नेपाली
अर्घाखाँचीमा दुई युवतीले विवाह गरेका छन् । विवाहपछी जोडीले समलिंगी विवाह दर्ता गराएको छ ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका निवासी फुलमायाँ (नाम परिवर्तन) र कपिलवस्तुको कपिलवस्तु नगरपालिका निवासी निरमायाँ (नाम परिवर्तन) ले यही२०८२ जेठ १८ गते विवाह गरेका थिए ।
अर्घाखाँचीको एक वडा कार्यालयले समलिंगी जोडीको विवाह दर्ता गरेको हो । अर्घाखाँचीकी २३ वर्षिय फुलमायाँ र कपिलवस्तुकी २० वर्षिय निरमायाँ आवश्यक कागजात सहित विवाह दर्ता गर्न आएपछी दर्ता गरिएको वडा सचिवको भनाई छ ।
‘सुरुमा अली अन्यौलता जस्तै भयो,वडा सचिवले भने,‘सम्बन्धित ठाउँमा सोधपूछ पछी विवाह दर्ताको प्रमाणपत्र दियौं ।’विवाह दर्तामा अर्घाखाँचीकी फुलमायाँलाई दुलाहा र कपिलवस्तुकी निरमायाँलाई दुलही उल्लेख गरिएको छ ।
पछिल्लो डेढ वर्षदेखी उनिहरु प्रेम सम्बन्धमा थिए ।पछिल्लो समय नेपालमा समलिंगी विवाहलाई मान्यता दिन थालिएपछि यो विवाह दर्ता सम्भव भएको हो ।पछिल्लो केही वर्षयता समलिंगी विवाह दर्ता गर्न ‘छुट्टै रजिस्टर’ कायम गरी विवाहलाई अस्थायी रूपमा दर्ता गर्न थालिएको हो ।

