मदाने गाउँपालिकाले ल्यायो ५४ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट

गुल्मीको मदाने गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ५४ करोड ९४ लाख रुपैयाँ बराबरको वार्षिक बजेट प्रस्तुत गरेको छ ।

असार १० गते मङ्गलवार  पुर्कोटदहस्थित पालिकाको सभाहलमा बसेको गाउँसभाको १७ औँ अधिवेशन अन्तर्गतको दोस्रो बैठकमा उपाध्यक्ष सरिता खड्काद्धारा आगामी वर्षको बजेट प्रस्तुत गरिएको थियो

गाउँपालिकाका सूचना अधिकारी सुशील पोख्रेलका अनुसार सोही बैठकमा मदाने गाउँपालिकाको विनियोजन विधेयक आर्थिक विधेयक २०८२ पनि पेश गरिएको थियो

बजेटले शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको तथा  नीति तथा कार्यक्रम अनुसार आवश्यकता अनुसार समग्र क्षेत्रलाई समेट्ने गरी बजेट तयार पारिएको सुचना अधिकारी पोख्रेलले बताए

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?