अनिल नेपाली
४ असार, अर्घाखाँची । अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारीको कार्यशैली ठिक नभएको भन्दै जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरुले विरोध गरेका छन ।
सेवा प्रवाह,कार्यसम्पादन र कर्मचारीहरुलाई गर्ने व्यहवारको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयका कर्मचारी र प्रमुख जिल्ला अधिकारी ( सिडिओ ) विच मनमुटाव शृजना हुँदा आज (बुधवार) करिव ३ घण्टा काम कारवाही रोकेर कर्मचारीहरु आन्दोलित भएका हुन ।
कर्मचारी र प्रमुख जिल्ला अधिकारी बिच छलफल भएपछि सहमति भएको र कामकाज सुचारु भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा कार्यरत कर्मचारीले जनाएका छन ।

