सरकारका दुई दलसँगको सम्झौताको समीक्षा हुनुपर्छ : श्रेष्ठ

काठमाडौँ नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पुर्व उपप्रधान एवम गृहमन्त्री  नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणमा सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग गरेको सम्झौता पार्टी हितमा भए नभएको बारेमा पार्टीमा समीक्षा हुनुपर्ने बताएका छन्

माओवादी केन्द्र दोलखाकाठमाडौँ सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् उनले सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग दुई बुँदे सम्झौता भएपछि संसद् खुलेको बताए

उनले त्यस बारेमा विभिन्न प्रतिक्रियाहरू आइरहेको बताउँदै पार्टी अध्यक्ष सँग प्रत्यक्ष छलफल हुन नसकेको अध्यक्ष पुष्पकमल दाहालले समग्र परिस्थितिको लेखाजोखा गरेर त्यस्तो निष्कर्षमा पुग्नुभएको हुनसक्ने बताउदै उनले उक्त मुद्दालाई माओवादीले नछोड्ने समेत स्पष्ट पारे

उनले भने, ‘त्यसले हाम्रो पार्टीलाई, सुशासनको अभियानलाई हित हुनेगरी भयो कि भएन भनेर समीक्षा हुनसक्छ त्यसमा अध्यक्ष कमरेडले समग्र परिस्थितिको लेखाजोखा गरेर त्यस्तो निष्कर्षमा पुग्नुभएको हुनसक्छ

उनले अगाडी थप्दै भने हामीले यो मुद्दा छोड्दैनौँ भ्रष्टाचारको यो स्तरको जो प्रक्रिया अगाडि आएको , यो मुद्दा हामीले छोडेका होइनौँ हामी छोड्दैनौँ यो भ्रष्टीकरणको विरुद्ध, भ्रष्टाचारको विरुद्धको अभियान जारी राख्छौँ

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?