नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव‘ले अहिलेको राज्य लथालिङ्ग हुनुमा सबैभन्दा बढी जिम्मेवार माओवादी भएको बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित नेसपा (नयाँ शक्ति)को १०औँ स्थापना दिवसको कार्यक्रममा विप्लवले क्रान्तिपछि राज्यसत्तामा पुगेका व्यक्तिहरू नै सत्तालिप्सामा लाग्दा यस्तो समस्या आएको बताएका हुन् ।
क्रान्तिपछि राज्य पुनर्संरचना कस्तो हुनुपर्छ भन्नेमा हामी चुक्यौँ । माओवादीले जस्तो राज्य चाहेको थियो, त्यस्तो हुन सकेन । तरअर्थप्रणाली कस्तो हुनुपर्छ भन्नेमा देखाउन सकिन्थ्यो’, उनले भने, ‘आजको राज्यको लथालिङ्ग हुनुमा सबैभन्दा जिम्मेवार माओवादी हो।
‘हामी पढ्दा पढ्दै कलेज छोडेर प्रचण्ड, किरण, बाबुराम, बादल, सिपी गजुरेल लगायत नेताहरुकोको पछि लागेर जनयुद्धमा होमिएकाहौँ । क्रान्ति पछि माओवादी मन्त्री, प्रधानमन्त्री लगायत राज्यका पद बाँडफाँटमा मात्र लिप्त भए ।
क्रान्तिपछि सबैभन्दा विचलित भएको युवाहरू रहेका छन् । गणतन्त्रलाई योगदान गरेका मान्छेहरूको घरमा खाने अन्न छैन । पुरानै सामन्ती फर्किएर आइसकेका छन् । त्यस कारण राज्यका संरचना नै अधुरो छ ।’