मिनीट्रक दुर्घटना चालकको मृत्यु

रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका सिम्रुतु बजार नजिकैको घुम्तीमा मिनीट्रक दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको मृत्यु भएको

बिहीबार साँझ भएको दुर्घटनामा घाइते दाङको घोराही उपमहानगरपालिका१० स्थायी घर भएका ४५ वर्षीय भुपेन्द्र महतको उपचारका क्रममा मृत्यु भएको हो सोही स्थानका ३४ वर्षीय सहचालक सुन्दरकुमार बुढाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले बताएको

ट्रक ब्रेक फेल भएर माथिल्लो घुम्तीबाट करिब दुई सय मिटर तल खसेर रूखमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?