सरकारले बढाएको कर यथाशिघ्र फिर्ता लिन सुन व्यावसायीको माग

अनिल नेपाली

अर्घाखाँची । अर्घाखाँचीमा सुनचाँदी व्यवसायी आन्दोलित भएका छन । आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले सुनमा कर बृद्धि गरेपछि व्यवसायीहरू आन्दोलित भएका हुन ।

सुनचाँदी व्यबसायी संघले जिल्ला सदरमुकाम सन्धिखर्कमा पत्रकार सम्मेलन गरेको छ ।  सुनचाँदी व्यवसायी संघ,अर्घाखाँचीका अध्यक्ष रामु स्वर्णकारले सरकारले बढाएको करले बजारमा अझबढी सुन तस्करी बढ्ने बताएका छन । सरकारले बढाएको कर यथाशीघ्र फिर्ता लिन व्यावसायीहरूको माग छ । 

हाल लागु भएको १३ प्रतिशत भ्याट तत्काल हटाउन र सरलीकृत कर नीतिहरू निर्माण गर्न उनले माग गरे । कर संरचना परिवर्तन नगरी पूर्ववर्ती अवस्था कायम राख्न समेत सुनचाँदी व्यवसायीहरूको माग छ । व्यावशायीहरुले निर्यात हुने सुनचाँदीमा ५ प्रतिशत टीडीएस हटाउने व्यवस्था मिलाउन समेत माग गरेका छन ।

सुनचाँदी तथा हिरा जडित गहनाको कारोबारमा फिर्ता बिक्री प्रक्रिया अवलम्बन हुने हुँदा किनिएको मूल्यभन्दाबिक्री मूल्य फरक हुनुपर्ने स्वाभाविक अवस्था रहेको जनाइएको छ । तर, यस्तो प्रक्रिया व्यवसायमा घाटा पुर्‍याउने भन्दै यसमा पुनर्विचारगर्न माग गरेको पत्रकार सम्मेलनमा मार्फत संघका केन्द्रीय सदस्य तारा ब सुनारले जानकारी गराएका छन् ।

कार्यक्रममा पत्रकारमहासंघका अध्यक्ष गणेश खनाल  सुनचाँदी व्यबसायीका संघका उपाध्यक्ष दिपक सुनार , महासचिव कृष्ण पन्थी, सचिव विक्रम सुनार, कोषाध्यक्ष  केशब बराइली लगायतका व्यबसायीहरुको सहभागीता रहेको थियो ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?