अनिल नेपाली
नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजना सन्धिखर्क नगरपालिकाको सहयोगमा दुई दिने पत्रकार महासंघको क्षमता विकास कार्यक्रम सन्धिखर्कमा आज देखि सुरुवात भएको छ ।
उक्त कार्यक्रमको सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा मन्तब्य राख्दै भुसालले देशमा हुने परिवर्तनमा पत्रकारले महत्त्वपूर्ण भुमिका खेलेकोबताउदै पत्रकारले सकारात्मक/रचनात्मक कामका साथसाथै राज्यका हरेक निकायलाई खबरदारी गर्दै राज्यका निकायलाई सुशासन मैत्री जवाफदेही बताउनुपर्ने बताएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्य,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य हिम जिसि लेकाली, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका पुर्व अध्यक्ष शोभाखर पन्थी, अशोक खनाल, वरिष्ठ पत्रकार सुर्य प्रसाद भुसाल लगायतका वक्ताले पत्रकारको लागि क्षमता विकास तालिमले पत्रकारिता गर्ने पत्रकारको लागि अत्तिनै महत्त्वपूर्ण हुने बताएका थिए ।
कार्यक्रम नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालको अध्यक्षता उपाध्यक्ष रुद्रमणी भुसालको स्वागत मक्तव्य र संचालन सचिव लक्ष्मण घिमिरेले गरेका थिए ।
उक्त कार्यक्रममा अहिले अर्घाखाँचीमा पत्रकार र पत्रकारिताको अवस्था र ए.आईको प्रयोगको बारेमा समेत छलफल भएको थियो । उक्त तालिम भोलि बिहीबार सम्म संचालन हुने नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले जानकारी दिनुभएको छ ।