अनिल नेपाली
२८ जेठ,अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको आयोजनामा सुरक्षित आप्रवासी (सामी )कार्यक्रम अन्तर्गत अर्घाखाँचीका पत्रकारहरुसंग सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ ।
सन्धिखर्कमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले वैदेशिक रोजगारीमा जादा अनिवार्य रूपमा श्रम स्वीकृत लिएर जाने, श्रम स्वीकृतका लागि अनिवार्य रूपमा लिनुपर्ने अभिमुखिकरण तालिमबाट बिदेशका लागि आवश्यक सूचना,ज्ञान तथा सामान्य सीप र आफू जाने देशको सामान्य भाषाको समेत जानकारी हुने हुँदा बैधानिक रुपले जानुपर्ने बताउनुभएको थियो ।
सामी कार्यक्रमका संयोजक बसन्त श्रेष्ठले सुरक्षित वैदेशिक रोजगारीको लागि जादा ध्यान दिनुपर्ने आवश्यक काजपत्र श्रम स्वीकृत लिने तरिका, सामाजिक सुरक्षा कोषमा आवद्ध हुने तरिका, श्रम स्वीकृत नलिई भिजिट भिसामा जादा हुने कठिनाइ,कागजातको सुरक्षा र विमाको बारेमा जानकारी गराउनु भएको थियो ।