स्वास्थ्यमा अचानक समस्या देखिएपछि गायिका रचना रिमाल अस्पताल भर्ना

सांगीतिक कार्यक्रमको सिलसिलामा रूकुम पश्चिम पुगेकी गायिका रचना रिमालको स्वास्थ्यमा अचानक समस्या देखिएकी अस्पताल भर्ना भएकी छन । 

स्वास्थ्यमा अचानक समस्या देखिएकी उनलाई सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर रूकुम पश्चिमबाट नेपालगञ्ज लगिएको थियो । नेपालगञ्जबाट मंगलबार बिहान उनलाई काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको स्रोतको भनाइ छ।

सोमबार रूकुम पुगेकी उनले मंगलबार रूकुम पश्चीम सानी भेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो । उनी काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएकी छन ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?