जन्मदिनको अवसरमा जेहेन्दार विद्यार्थीलाई पोशाक वितरण

बुटवल, १९ जेठ बुटवलका एक छात्राले आफ्नो जन्मदिनको  अवसर पारेर विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई पोशाक वितरण गरेर मनाएकी छन

बुटवलको अम्मरपथ स्थित छत्रदेवी गुल्मेली सुनचाँदी पसलका संचालक बुद्ध बहादुर सुनार शान्ता सुनारकी जेठी छोरी एलिसा सुनारको जन्मदिनमा बुटवल माबिका जेहेन्दार विद्यार्थीहरूलाई २५ हजार रुपैयाँ बराबरको ड्रेस वितरण गरिएको हो

एक कार्यक्रमका बिच बुद्ध बहादुर सुनार छोरी एलिसा सुनारले विद्यालयका प्रधानाध्यापक होम बहादुर रायमाझी, नेपाल नियमित रक्तदाता संघका केन्द्रिय समिति वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका सदस्य केशवराज पाण्डे मार्फत सहयोग सामग्री हस्तान्तरण गरिएको एलिसा सुनारको अंकल प्रेम बहादुर सुनारले बताए

उनले सानो छँदा गाउँमा पाएकादुःख सम्झँदै आज अरूलाई सहयोग गर्न सक्ने अवस्थामा पुग्दा अत्यन्तै खुसी लागिरहेको समेत बताए

कार्यक्रममा प्रधानाध्यापक रायमाझीले सामुदायिक विद्यालयमा आधारभुत सुविधाहरु बिस्तार गर्न जरुरी रहेको बेला समुदायबाट भएको सहयोग निक्कै महत्वपूर्ण भएको बताउदै उनले यो प्रेरणादायी कार्यले समुदायमा सकारात्मक ऊर्जा फैलाएको निजी क्षेत्रबाट समेत गुणस्तरीय शिक्षामा योगदान पुर्याउन सकिने सम्भावना उजागर गरेको बताए

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?