खाना पकाउने क्रममा जलेर दाई बहिनीको मृत्यु

शिव शुवेदी

कपिलवस्तुको सुद्धोदन गाउँपालिका वडा नम्बर ५ जयनगरमा ग्यास सिलिन्डरमा खाना पकाउने क्रममा जलेर दाई बहिनीको मृत्यु भएको छ ।

आईतवार साँझ घरमा रहेको ग्याँसमा खाना पकाउने क्रममा ग्याँसको रेगुलेटर खाले पछि एक्कासी आगो लाग्दा १८ बर्षिया सोनम यादव र उनका दाई २५ बर्षिय शिव कुमार यादव जलेर गंभीर घाईते भएको प्रहरी उपरिक्षक निरंजनदत्त भट्टले बताए ।

दुबैको उपचारको क्रममा मृत्यु भएको हो । मृतक सोनम राष्ट्रिय माबि मुरफुटवामा कक्षा १० मा अध्ययरत थिईन । घटना पश्चात  बिधालयमा सोमवार शोक बिदा दिइएको प्रअ लालचन्द पाण्डेयले बताए ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?