चन्द्रकोट २ का वडा सदस्य विश्वकर्माले गरे कापि र कलम वितरण

गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. २ का वडा सदस्य तथा  कार्यवाहक वडा अध्यक्ष कृष्ण विश्वकर्माले आफ्नो  जन्मदिनको अवसरमा विधार्थीलाई कापि र कलम वितरण गरेका छन ।

आज चन्द्रकोट २ का वडा भित्रका ५ वटा विद्यालयका कक्षा १ देखि ५ सम्मका सम्पुर्ण विद्यार्थीहरूलाई निःशुल्क कपी र कलम वितरण गरेका हुन । उनले कापि र कलम वितरण गर्दै आफ्नो जन्मदिनको फजुल खर्च कटौती गरेर विधार्थीहरुको अध्ययनलाइ थोरै भए पनि सहज र प्रोत्साहन मिलोस भनेर यो कार्य गरेको बताए । 

वडामा जिते पछि विकास निर्माण सहित समाजिक उत्तरदायित्व र जनसेवामा लागिपरेको बताउदै आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिने वडा सदस्य विश्वकर्माले बताए ।

चन्द्रकोट २ मा गत स्थानिय तहको निर्वाचनमा वडा अध्यक्ष कमल केसी सहित वडाको सम्पुर्ण प्यानल नै स्वतन्त्र उम्मेदवारले जितेका थिए ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?