गुल्मीको मदाने गाउँपालिकामा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

गुल्मीको मदाने गाउँपालिकामा अपाङ्गता भएका महिलाहरुको महासंघ नेपाल डिल्लीबजार काठमाडौंले दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको

यही जेष्ठ गते मदाने गाउँपालिकामा अपाङ्गता भएका महिलाको मातृत्व, यौन तथा प्रजनन स्वास्थ्यमहिनावारी तथा सरसफाइ विषयक कार्यक्रम सम्पन्न गरिएको हो

अपाङ्गता भएका महिलाहरुको महासंघ नेपाल डिल्लीबजार काठमाडौंले आयोजना गरेको कार्यक्रमको समन्वय अपाङ्गता महिला शसक्तिकरण संघ,गुल्मीको समन्वय महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय सिंहदरवार काठमाडौं , काठमाडौं महानगरपालिकाको साझेदारीमा रहेको थियो  

मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काको प्रमुख आथित्यता रहेको कार्यक्रममा मदाने का वडा अध्यक्ष मनिराम थापा,  निमित्त प्रशसकीय अधिकृत हुम बहादुरथापा, जनप्रतिनिधी, कर्मचारी ३० भन्दा बढि सहभागीको सहभागिता रहेको थियो  


कार्यक्रममा
गाउँपालिका उपाध्यक्ष वडाअध्यक्षले यौन तथा प्रजनन स्वास्थ्य एवम महिनावारी तथा अपाङ्गता भएका व्यक्तिहरुलाइ सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए

कार्यक्रममा  यौन तथा प्रजनन स्वास्थ्य महिनावारी तथा सरसफाइ विषयक प्रशिक्षक मदाने गाउँपालिकाका स्वास्थ्य स्वास्थ्य शाखाप्रमुख तिर्थ पन्थी तथा अपाङ्गता सम्पन्धी प्रशिक्षण अपाङ्गता महिला शसक्तिकरण संघ गुल्मीको प्रमुख (मोटिभेसनल प्रशिक्षक) विष्णु कुँवरको प्रशिक्षण रहेको थियो

कार्यक्रमको संचालन गङ्गा पन्थी  अध्यक्षता विष्णु कुवर पौडेलको रहेको थियो यो कार्यक्रम गुल्मिका अन्य पालिकामा क्रमश विस्तार गरिने उक्त संस्थाले जनाएको

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?