अनिल खत्री
१३ वैशाख, गुल्मी । कृषि, पर्यटन, उद्योग र व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालनमा रहेको गुल्मी महोत्सवमा चहलपहल बढदै गएको छ । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा “गुल्मी जिल्लाको समृद्धिको आधार : कृषि, पर्यटन, उद्योग र ब्यापार” भन्ने नाराका साथवैशाख ५ गतेदेखि सुरु भएको महोत्सवको शनिबार नवौं दिनमा अत्यधिक बढेको हो ।
महोत्सव वैशाख १७ गते सम्म चल्ने छ । महोत्सवमा दैनिक जसो विभिन्न विधाका राष्ट्रिय र स्थानीय कलाकारको साँस्कृतिक कार्यक्रम हुँदै आएको छ ।
शनिवार लोक गायक पुश्कल शर्मा, लक्ष्मण खड्का, रितु थापा,शान्तारानी परियार, दिपक गरौजा लगायत स्थानीय कलाकारको प्रस्तुति रहेको थियो । महोत्सवमा आइतबार लोकप्रिय कार्यक्रम इन्दे्रणीका टिमको प्रस्तुति रहने भएको छ ।
कार्यक्रममा लोकप्रिय गायक तथा इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल, गायक छत्रबहादुर शाही, गायक युवराज चौलागाई, गायिका मनमाया वाइवा, भुमिका वयक, गायिका कृष्ण कुमारी बजगाई, लगायतका कलाकारहरु प्रस्तुति रहने आयोजकले जनाएको छ ।
महोत्सवमा विभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु, विभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि महोत्सव अवधीभर प्रर्दशन गरिदै आएको महोत्सव प्रचार-प्रसार समिति संयोजक प्रेम घिमिरेले बताए ।
गुल्मी महोत्सवको तम्घासमा साँस्कृतिक कार्यक्रमहरु सँगै जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु, मनोरञ्जनात्मक पिङ लगायत विभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री वितरणको लागी राखिएको छ । मेलामा ३ सय वटा स्टल रहेका छन् ।
त्यसमध्ये केहि स्टल स्थानीय उत्पादनका सामाग्रीहरु राख्ने गरि व्यवस्था मिलाइएको छ । महोत्सवमा स्थानीय व्यापारीहरुलाई प्रोत्सहान गर्न भन्दै छुटमा स्टल दिइएको छ ।
महोत्सवमा विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीहरूसँगै गुल्मी जिल्लामा विभिन्न जाति विशेषका खाना परिकारहरू, विभिन्न संस्कृति झल्किने झाँकीहरू पनि प्रदर्शन गरिएको छ ।
जिल्लामा भएका मझौला उद्योगको प्रचारप्रसार गरेर प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।महोत्सवमा स्थानीय स्तरबाट उत्पादन भएका सामग्रीको प्रदर्शन गरिनुका साथै कृषि उत्पादनको प्रदर्शन गरेर बजारीकरणमा टेवा पुर्याउने आयोजकले लक्ष्य लिएको गुल्मी चेम्बर अफ कमर्सका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए ।
महोत्सव अवधीभर सांस्कृतिक कार्यक्रममा लोकप्रिय कार्यक्रम इन्द्रेणी टिम सहित विभिन्न विधाका झण्डै एकसय बढी कलाकारको प्रस्तुती रहने भएको आयोजकले जनाएको छ । महोत्सवबाट ३० करोडको आर्थिक कारोबार र डेढ लाखले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको ।
महोत्सवमा टिकट शुल्क विद्यार्थी ५० रुपैयाँ र अन्य व्यक्तिलाई १०० रुपैयाँ लाग्नेछ । ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, पाँच वर्षमुनिका बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेश दिइने भएको छ ।