इस्माली समाज युएईद्वारा विशेष साँस्कृतिक कार्यक्रमको आयोजना

अनिल खत्री

नयाँ वर्ष २०८२ सालको अवसरमा इस्माली समाज युएईले विशेष शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्नेभएको छ । आगामी अप्रील १३ तारिख (नेपाली पात्रो अनुसार चैत ३१ गते) बरदुवई स्थित भव्य हलमा हुने यो कार्यक्रम युएईमा बसोबास गरिरहेका नेपालीहरूबीच आपसी आत्मीयता, सांस्कृतिक समृद्धि नयाँ वर्षको खुसी बाँड्ने उद्देश्यले आयोजना गरिंदैछ।

कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका चर्चित कलाकारहरूको बेजोड प्रस्तुति रहने आयोजकहरूले बताएका छन् गायक होमनाथ कुँवर, विनय खत्री, कुशुम परियार, रञ्जिता कुँवर बावुराम परियारजस्ता लोकप्रिय कलाकारहरूले सांगीतिक प्रस्तुति दिनेछन् । नेपालीलोकदेखि आधुनिक पप गीतहरू सम्मको संयोजनले दर्शकहरूलाई रमाइलो मनोरञ्जन दिने अपेक्षा गरिएको छ।

कार्यक्रमको उद्घोषण  मनोज ज्ञवालीले गर्नेछन् । उनी इस्माली समाज युएईका सचिव समेत हुन् । उनले जानकारी दिँदै भने, “परदेशमारहेर पनि हामीबीचको नेपालीपन, संस्कृति पारस्परिक सम्बन्धलाई मजबुत बनाउने प्रयासस्वरूप यो कार्यक्रम आयोजना गरिएको हो । नयाँ वर्षको उपलक्ष्यमा एक अर्कालाई शुभकामना साटासाट गर्न पाउनु आफैंमा निकै खुसीको कुरा हो।

इस्माली समाज युएईका अध्यक्ष मानबहादुर कुँवरले भने, “हामी नेपाली प्रवासीहरू बीचको एकता, सहयोग सामाजिक चेतनालाई अझसशक्त बनाउने दिशामा निरन्तर लागिरहेका छौं। यस्ता कार्यक्रमहरूले केवल मनोरञ्जन दिन्छन्, तर सामाजिक उत्तरदायित्व सामूहिक भावनालाई पनि बल पुर्‍याउँछन्।

यस संस्थाले युएईमा रहेका नेपाली प्रवासीहरूसँग सहकार्य गर्दै विभिन्न सामाजिक तथा सहयोगी गतिविधिहरू गर्दै आएको छ। चाहेआपतकालीन राहत होस् वा अध्ययनरत विद्यार्थीहरूलाई मार्गदर्शन, इस्माली समाज युएईले नेपाली समुदायमा सकारात्मक छवि बनाउँदैआएको छ।

कार्यक्रममा युएईका विभिन्न सहरहरूबाट नेपाली समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकहरूले सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा सहभागी भइ नयाँ वर्षको सुरुवातलाई अझै उल्लासमय बनाउन आग्रह गरेका छन्

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?