रुपन्देहीको देवदहमा सहकारी संस्थाको सेवा केन्द्रमा चोरी

रुपन्देहीको देवदह स्थित कोलिय देवदह बचत तथा सहकारी संस्थाको घोडाहा सेवा केन्द्रमा चोरी भएको छ ।

सहकारीको झ्याल तोडेर कार्यालय प्रवेश गरी गएराति  ८ लाख ४३ हजार रुपैयाँ नगद चोरी भएको सहकारीका मुख्य व्यवस्थापक विनोद पराजुलीले  बताए । सहकारीको सीसीटीभीको हार्डडिस्क समेत गायब भएको छ ।

देवदह प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक एकबहादुर नेपालीले सहकारीको भल्ट नै फोडेर नगद चोरी भएको  विषयमा  अनुसन्धान सुरु  गरेको बताए ।  उनले  केही व्यक्तिको लोकेसन र कल रेकर्ड समेत अध्ययन गरिरहेको  खुलाए ।  केही महिना अगाडि देवदह दुग्ध उत्पादन सहकारी संस्थामा पनि चोरी  भएको थियो । 

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?