अर्घाखाँचीमा बस दुर्घटना ३ जनाको घटनास्थलमै मृत्यु

अनिल नेपाली

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–२ भुवनपाटामा बस दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुई जना महिला र एक पुरुष रहेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी विष्णुप्रसाद पौडेलले बताए । दुर्घटनामा परी घाइते भएका मध्ये ७ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार पछि बुटबल रेफर गरिएको उनले बताए ।

अर्घाखाँचीबाट नवलपरासीको बर्दघाटतर्फ जाँदै गरेको लु २ ख ३०३ नम्बरको बस भुवनपाटा ओरालोबाट करिब दुई सय मिटर तल खसेको थियो । घटनामा उद्धारकार्य जारी भैरहेको प्रहरी निरिक्षक पौडेलले बताए ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?