विश्व पानी दिवसको अबसरमा सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाले सैनामैना १ र २ मा बसोबास गर्ने आफ्ना उपभोक्तालाई मध्यनजर गर्दै छुट अफर सार्वजनिक गरेको छ ।
संस्थाले नयाँ धारा जडानको निम्ती २०८१ चैत्र ९ गते देखि २०८२ बैशाख ७ गते सम्मलाइ खनाइ शुल्कमा १६ प्रतिशत अर्थात २५ सय छुट दिने निर्णय गरेको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष यक बहादुर क्षेत्रीले बताए । संस्थाले हाल १५ हजार ५ रुपैया उठाइरहेको बताएको छ । अब त्यसको १६ प्रतिशत छुट दिएर १२ हजार ५ सय ५ उठाउने निर्णय गरेको हो ।
त्यस्तै सैनामैनामा रहेको प्राकृतिक चिकित्सालयमा उपचारको निम्ती संस्थाको सिफारिस लगेर गएर गएमा सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपभोक्ताले १० प्रतिशत छुट पाउने समेत अध्यक्ष क्षेत्रीले बताए ।
संस्थाले आज विश्व पानी दिवसको अबसरमा सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालय परिसर र सैनामैना नगरपालिका वडा नम्बर १ को वडा कार्यालय परिसरमा नयाँ बिरुवा बृक्षारोपण समेत गरेको छ ।