अर्घाखाँचीमा गर्भवती र सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण

अनिल नेपाली

अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा गर्भवती सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएका छ ।  नगरपालिकाको वडा नम्वर   मा गर्भवती सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएको हो ।

 सन्धिखर्क नगरपालिका वडा को आर्थिक बर्षको कार्यक्रम अनुसार गर्भवती तथा सुत्केरी अवस्थामा साविक भन्दा बढी पोषिलो खाना सरसफाइमा बढी ध्यानदिनुपर्ने हुनाले पोषिलो खाना सरसफाइमा गर्भवती तथा सुत्केरी महिला तथा घर परिवारका महिलाहरुको ध्यान पुगोस भनेर पोषण तथा सामाग्री वितरण गरिएको  प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए

वडाभित्र रहेका गर्भवती वर्षभित्रका सुत्केरी महिलाहरुका लागि अण्डा, चना, साग  नुन  लगायतका पोषण सामाग्री वितरण गरिएको वडा अध्यक्ष चुरा केसीले  बताएका छन्  

गर्भावस्थादेखि बच्चा वर्षको हुने समय सम्मको लागि सुनौला हजार दिन भनिन्छ । हजार दिनका महिलाहरुलाई अन्य समय भन्दा बढी मात्रामा पोषिलो खाना खानुपर्ने नगरपालिकाका खाँचीकोट स्वास्थ्य  चौकि प्रमुख पेमचन्द बिकले बताए ।

गर्भवती जाँच गरी शुन्य होमडेलिभरी नगरपालिका बनाउन तथा स्वास्थ्य समाजको निर्माण गर्न यस्ता खाले कार्यक्रमले सहयोग गर्ने खाँचीकोट स्वास्थ्य चौकी प्रमुख प्रेमचन्द्र विकको भनाई छ। 

बुधबार एक कार्यक्रमको आयोजना गरी हजार दिनका महिलाहरुका लागी  अण्डा, चना,सागर नुन  लगायतका पोषण तथा स्वास्थ्य सामाग्री वितरण गरिएको हो कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष गणेश खनाल, वडा सचिवसिता बिसि पराजुली, वडा सदस्य मिना ज्ञवाली, पुष्पा नेपाली, डुकलाल पोखरेलले मन्तब्य राखेका थिए कार्यक्रममा महिला स्वयमसेविका  समाजसेवी लगायतको सहभागीता रहेको थियो

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?