अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन : हिउँ पन्छाउने क्रम जारी

बिहीबारदेखि परेको हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक अझै खुल्न सकेको छैन । बाक्लो हिउँ परेकाले पन्छ्याउन समय लागेको बताइएको छ ।

एक्साभेटरको प्रयोग गरेर हिउँ पन्छाउन सुरु गरे पनि बाक्लो हिउँ परेकाले पन्छ्याउन समय लागेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सडकमा बाक्लो हिउँ जमेको र कतै पहिरो त कतै विजुलीका पोल ढलेकाले सडक अवरुद्ध भएको स्थानियले बताएका छन ।

कर्णाली राजमार्गको जिया–बुलबुले खण्डमा पहिरो गएकाले रारा आउने पर्यटक तथा सवारी साधन बाटोमै रोकिएकोले सडकको अवरोध हटाउन सडक डिभिजन कार्यालय जुम्लाको एक्साभेटर सहित कर्मचारीहरु र नेपाली सेनाले काम गरिरहेको जनाइएको छ ।

आज साँझसम्म सडकको अवरोध हटाउने गरी काम भइरहेको प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले बताए ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?