माघमा मात्रै देशभर आगलागीका घटनाबाट २२ जनाको मृत्यु

माघ महिनामा मात्रै देशभर ४ सय ७८ वटा आगलागीका घटना घटेका छन । ती आगलागीका घटनाबाट २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिएका छन ।

नेपाल प्रहीका  अनुसार मृत्यु हुनेमा ११ पुरुष, १० महिला र १ बालक छन् । घटनामा २६ पुरुष, ५४ महिला, चार बालक र तीन बालिका गरी ८७ जना घाइते भएका छन् ।

आगलागीका घटनाबाट १७ परिवार विस्थापित भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । आगलागी नियन्त्रणमा ३ हजार ५ सय ३ जना प्रहरी परिचालन भएको बताइएको छ ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?