गुल्मीको मदाने गाउँपालिकामा तेस्रो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने

४ माघ,गुल्मी । गुल्मीको मदाने गाउँपालिकाको आयोजनामा यहि फागुन पहिलो साता तेस्रो अध्यक्ष कप भलिवल प्रतियोगिता सन्चालन हुने भएको छ । भलिवल प्रतियोगिता मदाने गाउँपालिकाको गाउँपालिका स्तरीय खेलमैदान, मदाने–७ कुडापानी, भनभनेमा हुनेछ ।

मदाने गाउँपालिका गाउँ कार्यपालिकाको २०८१ माघ २७ गतेको निर्णय अनुसार यहि फागुन ७, ८ र ९ गते वडा स्तरीय महिला भलिबल प्रतियोगितामा तथा अन्तर स्थानीय तह पुरुष भलिबलको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शालिकराम पन्थिले बताउनुभयो ।

मदाने गाउँपालिका वडा स्तरीय महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद रु.३३,३३३ ट्रफि ,मेडल  र प्रमाणपत्र प्राप्त गर्नेछन ।त्यसैगरी दोस्रोले २२,२२२ मेडल र प्रमाणपत्र र  तेस्रोले ११,१११ सहिद प्रमाणपत्र  प्राप्त गर्नेछन ।

त्यस्तै अन्तर स्थानिय तह पुरुष भलिबलमा प्रथम हुनेले नगद रु.१,११,१११  ट्रफि ,मेडल  र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसैगरी दोस्रो हुनेले ५५,५५५ मेडल र प्रमाणपत्र र तेस्रोले २५,५५५ सहिद मेडल र प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिकाले बताएको छ ।

पालिकाले यो बर्ष मात्र नभई बिगत केही बर्ष अघि देखि यो कार्यक्रम सन्चालन गरिरहेको छ । यस बर्ष भने छिमेकी जिल्लाअ र्घाखाँचीको मालारानी गाउँपालिका ,प्युठान जिल्लाको झिम्रुक  गाउँपालिका र गौमुखी गाउँपालिकाको पनि सहकार्य रहेको पालिकाले जनाएको छ ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?