बुटवलमा दौडेर फोहोर उठाउने प्रतिस्पर्धा हुने : प्रथम पुरस्कार ५५ हजार

बुटवल । बुटवलमा (ट्रयास रेस) फोहोर उठाउने प्रतियोगिता हुने भएको छ ।  ‘सफा सहर, हाम्रो रहर’ नारा सहित यही माघ १९ गते सफाईको जागरणका लागि बृहत फोहोर उठाउने दौड प्रतियोगिता हुने भएको हो ।

आयोजक क्लोथ एण्ड फुड बैंकका अध्यक्ष  कमल जिसीले प्रतियोगिताको तयारी पुरा भएको बताउदै प्रतियोगिता बुटवल उपमहानगरपालिकाको सहयोग र  ग्रास इन्टरनेशनलको प्रायोजनमा हुन लागेको जानकारी दिए ।

काठमाडौमा सरसफाई अभियान चलाउँदाको सिकाईबाट आफ्नै क्षेत्र बुटवलमा नयाँ थालनी गर्न लागेको र मनोरञ्जनसंगै युवा जागरणलाई जोडेर नया अभियान बुटवलमा सुरुवात गरेको उनले बताए ।

यस क्षेत्रका सुरक्षा निकाय, कलेज, विद्यालय लगायतमा समन्वय गरिएको कार्यक्रममा ८५० जना दर्ता भैसकेको उनले बताए  । सो प्रतियोगितामा १६ वर्ष उमेर माथिको युवाहरु सहभागी हुन पाउने व्यवस्था रहेको जानकारी दिदै प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार, द्वितीयले ३० हजार र तृतीयले नगद १५ हजार रुपियाँ र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

लाइम एण्ड लेमल र रिफ्रेस रेष्टुरेन्टबाट सुरु भएको रेस क्लब डेनेभोमा समापन हुनेछ । कालिका पथ, ट्राफिक चोक, भुड्की चोक, भाटभटेनी, राजमार्ग चौराहा हुँदै पुनः क्लब डेनेभोमा पुगेर समापन हुनेछ ।

बुटवलको ६ किलोमिटर दूरीमा फोहोर उठाउन एक घण्टाको समयावधि तोकिएको कार्यक्रम संयोजक लक्ष्मण श्रेष्ठले बताए । सहभागीहरुले सडकमा भेटिएका प्लास्टिकजन्य पदार्थ दुई जना समूहमा रहने र एकजना फोहोर उठाउने र अर्कोले ब्यागमा राख्ने बताइएको छ ।  सहभागीको लागि निःशुल्क फारमको ब्यवस्था रहेको बताइएको छ ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?