इडनमा खेलकुद सप्ताहको सुरुवात

बुटवल उपमहानगरपालिका नहरपुर स्थित इडन बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु भएको छ । विद्यार्थीहरुको लागि पठनाठन सहित अन्य क्रियाकलाहरूमा सक्रिय सहभागी गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको कार्यक्रमका अध्यक्ष एबं विद्यालयका प्राचार्य शिबहरी भट्टराईले बताए ।   

कार्यक्रममा प्रमुख अतिथी विद्यालयका अध्यक्ष, जनप्रतिनिधि तथा समाजसेवी  नकुल शाही ठकुरीले हाइड्रोजन बेलुन उडाएर तथा भलिबल खेलको रिबन काटेर उदघाट्न गरेका थिए ।

खेलकुद कार्यक्रममा भलिबल,कबड्डी,तेक्वान्दो,एथलेटिक्स तथा विभिन्न मनोरञ्जनात्मक खेलहरु समावेश हुने विधालयले बताएको छ । माघ  ८,९ र १० गते सम्म संचालन हुने कार्यक्रमको संयोजक अतिरिक्त क्रियाकलाप प्रमुख आरभ श्रेष्ठ र  कार्यक्रम संचालन उप–प्राचार्य कुशल वस्यालले गरेका थिए।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?