गुल्मीको मालिकामा एक जना मृत फेला ! हत्याको आसंकामा अनुसन्धान हुँदै

८ माघ बुटवल । मंगलबार बिहान गुल्मीको मरभुङ्ग गाउँमा एक जना पुरुष ढुङ्गाले पुरिएको अवस्थामा मृत अबस्थामा फेला परेका छन ।  जिल्लाको मालिका गाउँपालिका ८ मरभुङ्ग कालिमाटी निवासी ६० वर्षीय लालबहादुरर  रोका मृत  फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएस्पी चिरञ्जीवी दाहालले रोका मृत फेला परेको  पुष्टि गर्दै घटना स्थलमा इलाका प्रहरी कार्यालय गुल्मी बाट प्रहरी पुगेर अनुसन्धान भईरहेको र जिल्ला बाट प्रहरी उपरिक्षक (एसपी) को नेतृत्वमा थप जनशक्ति जान लागेको बताए ।

मृतकलाई कसैले हत्या गरेको हो कि भन्ने आशंकामा अनुन्धान भईरहेको र सोधपुछका लागि मृतकका छोरा २८ वर्षीय डम्बर बहादुर रोकालाई नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ ।घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?