रोमानियामा पहिलो पटक नेकपा माओवादी केन्द्र निकट रोमानिया प्रवास सङ्गठन निर्माण भएको छ ।
नेपाल बाट रोजगारीको निम्ति रोमानिया पुगेका युवाहरुले टेकराज खत्रीको नेतृत्वमा २५ सदस्यिय प्रवास सङ्गठन निर्माण गरिएको नव गठित सङ्गठनका अध्यक्ष टेकराज खत्रीले बताए ।
अध्यक्ष खत्रीका अनुसार उपाध्यक्षमा नेत्र बहादुर बस्याल, नारायण रोका क्षेत्री, भरत सिंजाली रहेका छन । त्यस्तै महासचिवमा रामचन्द्र पोख्रेल, सचिवमा राम बहादुर पुन र कोषाध्यक्षमा धुर्व ज्ञवाली सहित २५ सदस्यिय समिती निर्माण गरिएको छ ।
युरोप इन्चार्ज चित्र सुवेदीको अध्यक्षता रहेको कार्यक्रममा युरोप पुर्व इन्चार्ज तथा अन्तर महादेशिय प्रदेश कमिटी संयोजक रण बहादुर खाती क्षेत्रीको प्रमुख आतिथ्यता र UK महासचिव कृष्ण खनालको विशेष आतिथ्यता रहेको कार्यक्रमको संचालन तिलिजा पुनको रहेको थियो । यस सङ्गठनलाइ शसक्त रुपमा बिस्तार गरिने अध्यक्ष खत्रीले बताए ।