रुपन्देहीको शुद्धोधन गाउँसभाको १७ औं अधिवेशनका मूख्य १७ उपलब्धीहरू

२४ पौष,रुपन्देहीको शुद्धोधन गाउँपालिकाको गाउँसभाको १७ औं अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले महत्वपुर्ण निर्णय गर्दै सम्पन भएको छ । खास गरी यो अधिवेशनले गाउँपालिकाको समग्र बिकाश, रुपान्तरण र शुशासनको  निम्ती महत्वपुर्ण निर्णय गरेको र ति निर्णयलाइ पारित गर्दै बुदागत रुपमा १७ उपलब्धीहरूको रुपमा लिइएको प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर घर्तिले बताउनुभयो । यस्ता छन अधिवेशनले पारित गरेका १७ निर्णयहरु –

१. न्यायिक, विधायन र लेखा समितिका अर्धवार्षिक प्रतिवेदनहरू प्रस्तुत, छलफल र पारित ।

२. सामाजिक, आर्थिक, पूर्वाधार, बन/वातावरण र सुशासन/संस्थागत गरी ५ वटा विषयगत समितिहरूका अर्धवार्षिक प्रतिवेदनहरू प्रस्तुत, छलफल र पारित ।

३. चालू आ.व.को विनियोजन ऐनमा अत्यावश्यक संसोधन प्रस्ताव प्रस्तुत छलफल, जवाफ तथा पारित।

४. चालू आ.व.मा बनेका विभिन्न क्षेत्रका १० वटा कानुनहरू अनुमोदन ।

५. पहिलो पटक जिल्ला समन्वय समितिका प्रमुखको सहभागिता र सफलताको शुभकामना प्रस्तुत ।

६. कार्यालयको संगठन तथा व्यवस्थापन अध्ययन प्रतिवदेन २०७७ मा संसोधन प्रस्ताव, छलफल र पारित

७. गाउँपालिकासँग सम्बन्धित समसामयिक विषयमा छलफल तथा सभाको ध्यानाकर्षण ।

८. गाउँपालिकाको नाम शुद्धोधनलाई शुद्धोदन बनाउने शुद्धिकरण प्रस्ताव प्रस्तुत, छलफल, जवाफ र पारित ।

९. गाउँपालिकाको दीर्घकालीन सोचमा परिमार्जनको प्रस्ताव प्रस्तुत, छलफल, जवाफ र पारित । (परिमार्जित सोच ‘आर्थिक विकासमा प्रवर्धन : समृद्ध शुद्धोदन” रहने )

१०. समसामयिक विषय सम्बन्धी छलफलमा भाग लिएका सभा सदस्यहरू ४ जना रहेका ।

११. जम्मा २ वटा बैठक सञ्चालन भएका ।

१२. ९४ प्रतिशत सभा सदस्यहरूको उपस्थिति रहेको ।

१३. पहिलो बैठक १ घण्टा २० मिनट र दोस्रो बैठक १ घण्टा ५ मिनट गरी जम्मा २ घण्टा २५ मिनट अधिवेशन चलेको ।

१४. डिजिटल व्यानरको प्रयोग भएको ।

१५. गाउँपालिकाको समग्र हीतका लागि कर्मचारी र जनप्रतिनिधि विचको सम्बन्ध सुमधुर बनाउने सवालमा चर्चा एवम् छलफल भएको ।

१६. सभामा प्रस्तुत भएका सबै प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएका ।

१७. सभामा पेश भएका सबै प्रतिवेदनहरू डिजिटल रूपमा समेत प्रस्तुत गरिएको ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?