टिका घिमिरेको एकल लोक गीत ‘बसाई सार माया नमार’ सार्वजनिक

अर्जुन थापा

संचारकर्मी तथा गायिका टिका घिमिरेको स्वरमा नयाँ लोक गीत ‘बसाई सार माया नमार’ सार्वजनिक भएको छ । उक्त गीतको भिडियो‘खरो मिडिया’ यूट्यूब च्यानलमा अपलोड गरिएको छ। मिठो र सुरिलो स्वरकी धनी नव गायिकाले यस अघि तिज गीतमा पनि स्वरदिइसकेकी थिइन्, जुन दर्शक श्रोताले अत्यन्तै रुचाएका थिए।

यस गीतको लय, शब्द र संगीत संयोजन प्रेमदिप राम्जालीको रहेको छ । भिडियोमा संचारकर्मी तथा गायिका घिमिरे आफैंले अभिनय गरेकि  छन् । गीतको निर्देशन, छायांकन र सम्पादन अजुर्न महर्जनले गरेका छन्।

चर्चित ‘छिन्चु आईडल‘ प्रतियोगिता मार्फत सार्वजनिक व्यक्तित्व बनेकी घिमिरेको यो पहिलो एकल गीत हो ।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?